अपडेट 
२०७९ माघ २६, बिहीबार १७:१३

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ ।

बिहीबार बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तालाई देखाउदै शुक्रबारसम्मका लागि स्थगीत गरिएको हो । बैठक स्थगीत भएपछि सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो । छलफलपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ९ बजे संयन्त्रको बैठक बस्ने जानकारी दिनुभयो ।

सरकारलाई सहयोग गर्ने भन्दै सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो । संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा साथै राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News