अपडेट 
२०७९ माघ २६, बिहीबार १८:५९

प्रहरीले वीरगंजबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिहारको मोतिहारीका २५ वर्षीय राकेश कुमार र प्रसंजित कुमारलाई पक्राउ गरेको हो । वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटमा चेकजाँच गर्ने क्रममा प्रहरीले दुबै जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो। बीआर ०५ एभी ६८७१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुबै जनाको साथबाट हेल्मेटमा लुकाएर ल्याएको १८ लाख रकम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।

रकमको स्रोत खुलाउन नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए। उनीहरुको बारेमा थप अनुसनधाना भइरहेको उनले बताए।

Comment

Related News

Latest News

Trending News