अपडेट 
२०७९ माघ २७, शुक्रबार ०७:५१

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले बिहीवार उपमहानगरपालिकाका स्वास्थ्य संस्था र विद्यालयको अनुगमन निरीक्षण गरेका छन् ।

नगर प्रमुख साहले उपमहानगरपालिका– १८ स्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, स्वास्थ्य चौकी र शंकर आधार भूत विद्यालय बहुअर्वाको छड्के अनुगमन गरेका छन् । अनुगमनको क्रममा कतिपय स्वास्थयकर्मी र शिक्षकहरु समयमा कार्यालयमा उपस्थित नहुने गरेको स्थानीयले गुनासो गरेका थिए । नगर प्रमुख साहले सबै कर्मचारीलाई सरकारले तोकेको समयमा कार्यालयमा अनिवार्य उपस्थित भइ तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए । अब कुनै किसिमको लापरबाही नगर्न चेतावनी पनि उनले दिए । नगर प्रमुख साहले उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन र कामै नगर्ने कर्मचारीलाई नियमानुसार कारबाही समेत गरिने । अनुगमनमा वडा नं. १८ का अध्यक्ष लक्ष्मेश्वर मण्डल, वडा नं. १० का वडाध्यक्ष मिथिलेश कर्ण, वडा नं. २२ का अध्यक्ष बिमलेश मिश्र, स्वास्थ्य शाखा प्रमुख विजय साहको उपस्थिति रहेको थियो ।

Comment

Related News