अपडेट 
२०७९ माघ २७, शुक्रबार ०८:०४

एक पटक काठमाडौंमा एउटा प्राध्यापकले जो जनकपुर तिर कै हुनुहुन्थ्यो आफनो कथा यसरी सुनाउनुभयो । एक पटक उहाँ जनकपुरबाट काठमाडौं पुग्दा उहाँका केही पढन आउने विद्यार्थीहरुले सोध्यो “सर, यसपाली त आफ्नो परिवार पक्कै ल्याउनु भएको होला । प्राध्यापक जीले भन्नुभयो– “होइन, परिवार कसरी ल्याउने ।” अनि केही बेरपछि प्राध्यापक जीको स्वास्नीले चिया लिएर आएपछि विद्यार्थीहरुले अवाक भए । केही छिन पछि उनीहरुले प्राध्यापक जीलाई सोधे– “सर, तपाई त परिवार ल्याएकै छैन भन्नु्भयो तर तपाईको परिवारले त चिया ल्यादियो, यो केहो ? हामीसँग तपाई पनि भूmठो कुरा गर्नुभयो ।” त्यसपछि प्राध्यापकजी रीसले भकभकाउदै भन्नुभयो–“ ये मुर्खहरु, परिवार भनेपछि तिमीहरु के बुझछौं ? परिवार भनेको स्वास्नी मात्र हुन्छ र ? परिवार भनेको आमा, बुआ, भाई, बहिनी, दाजू भाउजू आदिल सबै हुन्छन नि ! यति पनि थाहा छैन तिमीहरुलाई ?”

प्राध्यापक जीको यो कुरा सुनेर सबै छात्रहरु छक्क परे ।

यही नै आधुनिक परिवारको अवधारणा जो आधुनिकता तिर अग्रसर हाम्रो समाजका पाइलाहरु हाम्रो संयुक्त परिवारको अवधारणाबाट टाढा गरी दिएको छ । भनिएको छ ईटा, सिमेन्ट एवं रोडा– पत्थरबाट घर त बन्छ परिवार होइन । परिवार बनाउन त्यसको निर्माणको लागि आमा बुबा, भाई बहिनी, दीदी दाजू, लोग्नेस्वास्नी र केटोकेटीको पनि आवक्ता हुन्छ । तर प्रारम्भ देखि नै हाम्रो समाजमा संयुक्त परिवारको संस्कृति रहेकोमा आधुनिकको नाममा पाश्चात्य संस्कृतिले गर्दा हाम्रो समाजमा एकल परिवारको जरो गाडेको छ । यसले गर्दा एकलै बस्ने इच्त्छा बोकेका मानिसहरुद्वारा यस एकल परिवारलाई राम्रो सम्झेर यस प्रथालाई प्रमुखता दिएका थिए । यसै कारणले संयुक्त परिवार विखण्डन तिर अग्रसर भयो । तर मैथिलीमा यो कहावत छ कि “दुरक ढोल सोहाओन” । यो ढोलको आवाज केही समयसम्म मात्र मीठा लाग्छ यो हामीले बुझनु जरुरी छ । तर यस परिवर्तनको लागि जिम्मेदार हामीलाइृ यसको मुल्य त चुकाउनै पर्छ र भौतिक कुराहरुको चमक दमकमा हामीलाइृ यो रती पनि अनुभव भै रहे छैन । तर हाम्रो मूल्य र मान्यतामा क्रमशः आइ रहेक ह्रासलाइृ अनुभव न गरेपनि विखण्डन भइ रहेको मानवीय सम्बन्ध यसको पूर्वाभास भने दी रहेको पाइन्छ । ल्गोवलाइजेशन को कारण भौतिकबाद र कैरियरवादले गर्दा हाम्रो हजारौ वर्ष पुरानो सभ्यता र संस्कृतिको साथै परम्पराहरुलाई टुक्रा–टुक्रामा गरी दिएको छ । आज कुनै पनि नैतिकता, आदर्शवाद, अर्कालाई सम्मान गर्ने परम्परा, श्रद्धा गर्ने परम्पराबाट कसैलाई केही मतलव रहेन । धन नै आजको सत्रभन्दा ठूलो धर्म बनि सकेको छ ।

मानवीय सम्बन्धका जराहरु त आस्था, विश्वास र मान सम्मानले नै पलाउँछ । तर आजको समाजमा यी कुराहरु वेमानी– मतलव हीन भै रहेको पाइन्छ । यो सत्य हो कि आज हाम्रो आवश्यकता बढदो छ तर धनको लागि यस मनतहीन भागदौडमा आफनो जीवन मूल्यमा ह्रासको सम्भावना बढी देखिन्छ । परिवर्तनको यस आँधी बेरीमा त्याग, बलिदान आदर्श आदिको निर्वाह गर्ने परम्परा त कहिले कहाँ हराइ सकेको छ । कुनै कार्य गर्न सबभन्दा पहिलो हामी यो सोच्दछौं कि यसबाट हामीलाई के लाभ हुन्छ । हामी जुन लाभको लागि धनको आवश्यकता बुझी रहेका छौं । त्यो नै वेपता भएको छ । हामी क्रमश आपूmबाट, परिवारबाट समेत टाढिदै गइ रहेका छौ त्यो भान हुनुपर्छ । हाम्रो आमा बुबा जो कति प्रसन्नताले हाम्रो अंगुली समातेर हिड्न सिकाएको होलान । कमसे कम उनको आँखामा यो सपना त रहेकै थियो होला कि हामी उनको जीवनको अन्तिम खण्डमा उनका साथ न छोडौ । उनका प्रत्येक स–सानो आवश्यकताको पूर्ति गरौं तर आज आफन्तको पर्खाइमा आँखा पथराइ जान्छन र हामी उनलाई भेटन सम्म समय पाउँदैनौ । मानिसलाई जीवनको अन्तिम प्रहरमा यस्तो अवस्थामा पैसा भन्दा आफनो सम्बन्धीहरुको साथ बस्ने बढी आवश्यक हुन्छ । उनीहरुलाई देखभाल, आफना सन्तानहरुसँग वस्नुको साथै मान–सम्मानको आवश्यकता हुन्छ । यो कुरालाई हामी तकीत बुझी रहेको छैनौ अथवा बुझन चाहन्नौ । महिलाहरुको मनको कुरा सुन्न हामीलाई फुरसत हुँदैन । तर यसको लागि महिलाहरुलाई सम्पूर्ण दिन प्रतिक्षा रहन्छ । एउटी कुण्ठीत आमा आफना बच्चाहरुलाई कुण्ठीत संस्कार नै दिन सक्छिन । जो आज दिइएको छ । त्यै ती केटाकेटीहरुले आफनो भावी पीढिलाई सुम्पी दिनेछ ।

स्वाभिमान, आदर्श, इमान्दारीता, सम्मान आदि वालापनमा पाउने उपहारहरु छन जो बाजे, बजइ, नाना–नानी, काका–काकी आदिबाट माया पाउँदा कथाको रुपमा पाउने परम्परा छ त्यो. त अबको एकल परिवारले खोसी लिएको छ । हामी त्यो कसरी आशा गरौ जो हामीले उसलाई दिएकै छैन । हामी पूर्ण सस्कारी भएतापनि हामी आफनो बुढापाकाहरुलाई यी संस्कारहरुबाट प्रतिफल दीन पाइरहेका छैनौ । यसै कारणले केटाकेटीहरुमा अपराधिक मानसिकता बढदै गइ रहेको छ । आमा–बुबा दुवै कामकाजी भएको कारणले आफनो सन्तानहरु माथि ध्यान दिन सकिरहेका छैनन । केटाकेटीहरु दिनभरी कस्ता संगतमा छन त्यो जानकारी आमा–बुबालाई हुँदैन । आफनो सन्तानहरु कसका साथमा र कस्तोका साथमा थिए भन्ने जानकारीसम्म आमाबाबुलाई हुँदैन । फलस्वरुप आजकल प्रेम सम्बन्धलाई लिन सकिन्छ । केटाकेटीहरु एक अर्कासँग मायाप्रिती बसाउँछन । कतिले विहेसम्म यस सम्बन्धलाई पु¥याउँछन । तर कतिले लिभींग टुगेदरसम्म ल्याउँछ । तर यी प्रेम सम्बन्ध धेरैलाई धेरै दिनसम्म टिक्दैन । अनि केटीको दुरावस्था प्रारम्भ हुन्छ । केटीहरु आफनो मनले केटासँग मायाप्रिती बसालेको र आमा बुबासँग विद्रोह गरी निस्केको हुँदा यस्तो अवस्थामा घर फर्कन पनि उपठयारो र आफनो प्रेमीसँग पनि बस्न गाह्रो भएको हुन्छ । यो अवस्था अत्यन्त संकटपूर्ण अवस्था हुन्छ र महिलाले कहिले काही आत्मदाह, आत्महत्यासम्म गरेको देखिएको छ । यस्तो अवस्थामा त केटीलाई घरको न घाटको अवस्था आएपछि नै दुर्घटना निम्त्याउछिन । यस्ता कुरा अब सामानय भैसकेको देखिन्छ ।

आजकल टेलिभिजनमा पस्किएका सिरियलहरुले गर्दा यस्ता घटनाहरु दिनजानुदिन बढदै गई रहेको पाइन्छ । यो पनि एउटा पारिवारिक समस्याको रुपमा देखा परिरहेको छ । यसमा केटीले आफनो प्रेमीसँगको असन्तुष्टि र भैm झगडा भएपछि अरुसँ जान खोज्यो भन केटीलाई नै हत्या गर्नेसम्म घटना प्रकाशमा आएको पाइन्छ । आज हामी यस्तो चौबाटोमा उभिरहेका छौं जुन ठाउँबाट न त अगाडी बढन पाइरहेका छौ न पछाडी फर्कन पाइ रहेका छौं । पश्चिमी सभ्यता तिर हाम्रो पाइलाहरु यस्तो अवस्थामा अग्रसर छ कि हाम्रो पूर्वीय संस्कृति र सभ्यताबाट टाढा गर्दै गइ रहेको छौ । यसको फलस्वरुप हामीलाइृ दुष्कर्म तिर धकेली रहेको देखिन्छ । बलात्कारको घटनाहरुमा बृद्धि भै रहेको छ यसको मुख्य कारणहरु मध्ये पश्चिमी सभ्यताको अनुकरण गर्दै अधनंगा बदनको वस्त्र धारण गर्नु वलात्कारका घटनाहरुमा वृद्धिको यो पनि कारण हो । तर यस्तो पश्चात्य प्रभावमा परेकी महिलाहरुको यस संस्कृति बारे केही कसैले बोल्यो भने महिला संगठन र यस प्रकारका संस्थासँग सम्बन्धित अधिकारकर्मीहरु विरोध गर्ने त्यस्तो मानिस विरुद्ध कडा विरोध गर्ने गरेको पाइन्छ । तर पश्चिमी सभ्यताको अनुकरण गर्दा समाजमा प्रवेश पाइ रहेको कुरीतिहरुले पारिवारिक आवस्थामा नराम्रो प्रभाव परिरहेको छ ।

आज हामी जति आधुनिक भएपनि परिवार हाम्रो लागि अति आवश्यक पनि छ । किनकि घरबाट परिवार र परिवारबाट समाजको साथै समाजबाट देश बन्दछ । यो उखान कि ओल्ड इज गोल्ड भने कुरा अर्थहीन भएको छैन । तर आज हाम्रो युवा समाज पुरानो बुढापाकाको विचारलाई असांन्दर्भिक भनी ठाढो अस्वीकार गरी रहेको पाइन्छ । पारिवारिक विखण्डनको यो एउटा सशस्तm कारण पनि हुन सक्छ । बुढापाकासँग विस्तृत अनुभव हुन्छ जीवनको अनेक उतार र चढावबाट गुज्रेको हुन्छ र लामो अनुभव हुन्छ जसलाई नकार्ने बृद्धिमानी हुँदैन

Comment


Related News

Latest News

Trending News