अपडेट 
२०७९ माघ २७, शुक्रबार ०८:३९

मधेश प्रदेश भवनको सुरक्षा बढाइएको छ । मुख्यमन्त्री सरोज कुमार यादवको निर्देशनमा मधेश भवन परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र मुख्यमन्त्री निवासको सुरक्षा व्यवस्था बढाइएको छ ।

यस अघि मधेश भवन परिसरको सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरी मात्रै परिचालन गरिएको थियो भने मुख्यमन्त्री निवासको सुरक्षा नेपाली सेनाले गर्दै आएका थिए । तर मुख्यमन्त्री यादवको निर्देशनमा नेपाल प्रहरीको असईको नेतृत्वमा थप १२ जना नेपाल प्रहरीको टोली पनि मधेश भवन परिसरको सुरक्षा व्यवस्थामा खट्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार नेपाल प्रहरीको टोली मुख्यमन्त्री तथा मन्त्रिपरिषद् निवासको सुरक्षामा पनि खटाइने भएकोछ । त्यसैगरी, मधेश भवनको मूल प्रवेशद्वारामा सुरक्षा व्यवस्था कडा बनाउन मुख्यमन्त्री यादवले निर्देशन दिएका छन् । मधेश भवन छिर्ने नेता तथा सर्वसधारणलाई अनिवार्य रुपमा आफ्नो नाम, ठेगाना, कामको विवरण, मोबाईल नम्बर र मोटरसाईकल वा गाडीमा आएको खण्डमा उक्त सवारीको नम्बर दैनिक हाजिरी नोट गर्न प्रहरीलाई निर्देशन दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News