अपडेट 
२०७९ माघ २७, शुक्रबार १५:३९

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई सम्बोधन गरेकी छिन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि सरकारले उत्पादन वृद्धिको क्षेत्रमा काम गर्ने विश्वास लिएकी छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकलाई सम्बोधन गरेकी उनले रासायनिक मलको सहज र माटोको अम्लियपना कम गरेर उत्पादन वृद्धिमा काम गर्नुपर्ने बताइन् ।

उत्पादनसँगै बजार व्यवस्थापन, लागत मूल्य किसानले पाउनुपर्ने उनको भनाइ छ । युवालाई देशभित्र कृषि क्षेत्रमा काम गर्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै उनले प्रविधिमा आधारित कृषि क्षेत्रको विकासमा जोड दिइन् ।

Comment


Related News

Latest News

Trending News