अपडेट 
२०७९ माघ २७, शुक्रबार १७:३२

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरू पूर्णरुपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताएकी छिन्।

राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरिन्।

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले महिलामाथि हुने सबै प्रकरणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा पनि जोड दिइन्।

राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाए पनि अझै पनि सुत्केरी महिलाहरूको उपचारको अभावमा ज्यान जाने अवस्था कायमै रहेको उल्लेख गर्दै चिन्ता समेत व्यक्त गरिन्।

‘संविधान र कानुनले प्रत्याभूत गरेको विषयहरू पनि हामीले पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकी छ। हामीले जुन सोचका साथ लैङ्गिक विकासका अवधारणा अघि सारेका थियौँ। त्यो परिणाम प्राप्त भएको छ, छैन ? सो को यथार्थ समीक्षा गरी अघि बढ्नु पर्छ भन्ने मलाई लाग्छ। विगतमा भन्दा विद्यालयमा छात्राको उपस्थिति बढेको छ । तर तिनले विद्यालय शिक्षा पूरा गरेका छन् कि छैनन्? यसैगरी महिला स्वास्थ्यमा समेत प्रशस्त लगानी गरिएको छ । तर रोग प्रतिरोधात्मक क्षमता विकास गर्न हाम्रा प्रयास पर्याप्त छन वा छैनन् ? विचारणीय छ । अहिले पनि दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेर वा सुत्केरी भएपछिको सामान्य उपचारको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । उनले भनिन्।

राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि पर्याप्त प्रयास गर्नुपर्ने पनि बताइन्।

(हेर्नुहोस् सम्बोधनको पूर्णपाठ)

Comment

Related News

Latest News

Trending News