अपडेट 
२०७९ माघ २८, शनिबार ०८:२४

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पूर्व उपसभापति विमलेन्द्र निधिको ठाउँमा महामन्त्री गगन थापालाई दूत बनाएका छन् । राष्ट्रपतिको चुनाव हुनु भन्दा पहिलानै सभापति देउवा प्रचण्डलाई गठबन्धनमा ल्याउने कसरत गरिरहेका छन् । प्रधानमन्त्री गठनमा सबै चाँजोपाजो मिलाउने जिम्मा पाएका नेता निधिले नेपाली राजनीतिमा आफ्नो प्रभाव गुमाउन थालेको र रणनीति पनि कमजोर भएको भन्दै उनको ठाउँमा महामन्त्री थापालाई ल्याइएको एक नेताले जानकारी दिए ।

निधि गत प्रतिनिधिसभाको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा तत्कालीन राजपाका वरिष्ठ नेता राजेन्द्र महतोबाट पराजित भएपछि यस पटकको निर्वाचनमा समानुपातिकमा गएका थिए । राजनीतिक विश्लेषकहरुको भनाइ अनुसार निधि राजनीतिमा थाकिसकेका छन् । उनमा रहेको उर्जा कम भएकै कारण युवा रहेका तथा रणनीतिक हिसावले समेत बलियो रहेका महामन्त्री थापालाई प्रधानमन्त्रीले गठबन्धनमा ल्याउने जिम्मेवारी दिइएको छ । हुनत पार्टीभित्र संसदीय दलको नेतामा महामन्त्री थापा पार्टी सभापति देउवा विरुद्ध नै उभिएका थिए तर, पार्टीलाई बलियो बनाउन नेता निधि भन्दा बढी महामन्त्री थापा उपयुक्त देखिएका कारण सो जिम्मेवारी दिइएको छ । पुरानो गठबन्धन ब्यँुताउन नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगको छलफललाई तीव्रता दिएका छन् । सत्ता गठबन्धनमा खटपट देखिएपछि यसअघिको पाँच दलीय गठबन्धन ब्युँताउन कांग्रेस र एकीकृत समाजवादीको जोडबल छ । यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसँग कांग्रेसका महामन्त्री गगन थापा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र महामन्त्री थापाबीच राष्ट्रपति निर्वाचन र भावी सत्ता समीकरणका विषयमा छलफल भएको थियो । भेटमा महामन्त्री थापाले एमालेबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीबाट विगतमा भएको समानान्तर शक्तिको अभ्यास स्मरण गराएका थिए । ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार निर्वाचित भए समानान्तर शक्तिको अभ्यास हुन्छ ।

यो बेलामा आजको कुरा मात्र हेरेर हुँदैन,’ थापाको भनाइ थियो । आजको सत्ता समीकरण हेरेर राष्ट्रपतिमा एमालेको उम्मेदवार निर्वाचित गराए संविधान दुर्घटना हुनसक्ने थापाले प्रचण्डलाई सुनाए । माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले उक्त कुरा आफ्नो पार्टीभित्र पनि उठेको सुनाएका थिए । राष्ट्रपति एमालेको हुँदा संविधान दुर्घटनामा पर्ने सक्ने खतरालाई मध्यनजर गरेर माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गरेको प्रचण्डको भनाइ छ । यो छलफलमा नेता निधि पनि सहभागी हुने र सरकार गठनमा आफ्नो भूमिका खोजेका थिए तर, महामन्त्री थापाको अडानपछि उनलाई बाहिर राखिएको स्रोतको भनाइ छ । मधेशवादी दल जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीलाईसमेत आफ्नो पक्षमा ल्याउन नसकेपछि पार्टी भित्र निधिको व्यापक आलोचना खेपिरहनु परेको छ । नेता निधिले सभापति देउवालाई प्रधानमन्त्री बनाउन कसरत गरिरहँदा रहँदै गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले तिर ढल्केका थिए । त्यो रणनीतिसमेत निधि बुझ्न नसकेपछि यसपटक भने महामन्त्री थापालाई जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री बन्नका लागि प्रचण्ड रातारात पाँच दलीय गठबन्धन छोडेर नेकपा एमालेसंग गठबन्धन गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत प्रचण्डमाथि अविश्वास गर्न थालेका छन् । उनले पनि प्रचण्ड कांग्रेस तिर फर्कन सक्ने भएकाले राष्ट्रपति निर्वाचनमा ओली मधेशवादी दलहरुलाई साथमा लिने प्रयास गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गृहमन्त्रालय खोस्नु र प्रचण्डले आपूm खुशी गर्न थालेपछि एमाले अध्यक्ष ओली विकल्पको खोजीमा छन् ।

Comment


Related News

Latest News

Trending News