अपडेट 
२०७९ माघ २९, आईतवार ०७:२७

रौतहटको गढिमाइ नगरपालिकामा शनिबार जनता समाजवादी पार्टीको नगर तदर्थ समिति गठन गरिएको छ । जसपा नेता हरि किशोर साहको अध्यक्षतामा ३१ सदसीय नगर तदर्थ समिति गठन गरिएको छ ।

जसपा नेता एवम् मधेश प्रदेशका सामाजिक विकास राज्य मन्त्री शेख अब्बुल कलाम आजादको विशेष उपस्थितिमा तदर्थ समिति गठन गरिएको पार्टीका जिल्ला सह–इन्चार्ज राजकुमार दासले जानकारी दिए। जनता समाजवादी पार्टी नेपाल गढीमाइ नगर कमिटीद्वारा आयोजित नगर स्तरीय अगुवा कार्यकर्ता भेलाको माध्यमले गठित नगर समितिको अध्यक्षमा हरि किशोर साहलाई चयन गरिएको छ भने वरिष्ठ उपाध्यक्षमा रामाज्ञा यादव, उपाध्यक्षमा राम सोगारथ सहनी, रामसखी देवी, सचिवमा तपेन्द्र यादव, सह–सचिवमा नवल किशोर दास, शेख असैलदुला, कोषाध्यक्षमा बिन्दु देवी ठाकुर लगायतलाई सर्वसम्मत रुपमा चयन गरिएको दासले बताए । त्यसैगरी, भेलाबाट गढिमाइ नगर इन्चार्जको जिम्मेवारी तपेन्द्र यादवलाई तोकिएको छ भने सह– इन्चार्जको जिम्मेवारी राम इश्वर राउतलाई दिइएको उनले बताए । जनता समाजवादी पार्टी नेपालले आफ्ना संगठन विस्तार अन्तर्गत प्रत्येक पालिकामा नगर तदर्थ समिति गठन कार्यलाई तीव्रता दिइरहेको छ ।

सो अवसरमा मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, जसपाका राजनीतिक समिति सदस्य विश्वनाथ पटेल, केन्द्रीय समिति सदस्यद्वय चुल्हाई राय यादव, विन्देश्वर यादव, प्रदेश सदस्य एवम् जिल्ला इन्चार्ज राम वशिष्ठ यादव, जिल्ला सह–सचिव शम्भु यादव, वडा अध्यक्ष रामज्ञा यादव लगायतको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News