२०७९ माघ २९, आईतवार ०७:३६

रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर १ रमौली घाटमा झड़प हुँदा ६ जना घाइते भएका छन ।

नदीजन्य वस्तु उत्खननको लागि ठेक्का गर्नुपर्ने विषयमा नेपाली कांग्रेस र सत्ता पक्ष नेकपा एकीकृत समाजवादीको समर्थक बीच भएको झड़पमा परि कांग्रेसका २ जना कार्यकर्ता र नगरपालिकाका ४ जना कर्मचारी घाइते भएका हुन । झड़पमा परि घाइते हुनेमा कर्मचारीहरु दिलीप पटेल, जय प्रकाश सहनी, राम नारायण पटेल, रामविनय पटेल तथा कांग्रेसका समर्थक वीरेन्द्र यादव र राम पुकार साह रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । नगर प्रमुख विनोद प्रसाद कुर्मीले प्रहरी प्रशासनको इशारामा प्रतिपक्षी दलका कार्यकर्ताहरुले आक्रमण गरेको दाबी गरेका छन ।

बागमती नदीको रमौली घाटबाट नदीजन्य पदार्थ ढुंगा, बालुवा तथा गिट्टि उत्खनन गर्न ठेक्का लगाउन खोज्दा विपक्षी दलले अवरोध गरिरहेको आरोप लगाउँदै मेयर कुर्मीले अमानतमा कर असुली गर्न लाग्दा पूर्व नगर प्रमुख राम स्नेही यादव, वडा अध्यक्ष श्याम नन्दन यादव, एमालेका प्रेम शंकर यादव, राम प्रसाद पटेल, सिकिन्दर पटेल मिलेर कर्मचारी माथि आक्रमण गरेको बताए । घटनापछि सञ्चारकर्मीहरुसित मेयर कुर्मीले विपक्षी दलका नेताहरु भ्रष्टाचार गर्न खोज्दा आफूले रोकेपछि प्रशासन संग मिलेर हमला गरेको बताए । ‘घटना हुनु पूर्व प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुखलाई सूचना दिदा पनि कुनै वास्ता गरेनन्’ नगर प्रमुखले भने, विपक्षी दल कांग्रेस, एमाले र माओवादीका नेताहरु आफूहरुसंग बलजबरजस्ती निहु खोजी घटना घटाएका हुन् । विपक्षीहरुले घटना गर्न लागेको जानकारी पाउने वित्तिकै जिल्लाका सुरक्षा निकायका प्रमुखरुलाई खबर गरेको भए पनि समयमा प्रशासनले कारबाही नगरेको कारण झडप भएको मेयर कुर्मीले आरोप लगाए ।

प्रहरी प्रशासनले विपक्षी दलसंग मिलेर सुनियोजित तरिकाले आफूहरुमाथि हमला गराएको उनको आरोप रहेको छ । घटना हुँदा पनि प्रहरी प्रशासन समयमा आउन नसकेकोले प्रशासनको समर्थन र सहयोगमा कांग्रेस, एमाले, नेकपा माओवादीका कार्यकर्ताहरुले आक्रमण गरेको उनले बताए । नगर प्रमुख कुर्मीले घटनामा संलग्न दोषीहरुमाथि प्रशासनले कारबाही नगरेसम्म नगरपालिकाको काम काज बन्द गरी प्रशासन विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । यता नगर प्रमुख विनोद प्रसाद कुर्मीले खोला उत्खनन् का लागि बागमती खोला ठेक्का नलगाएर आफ्नै भाई भतिजालाई दैनिक ज्यालादारीको रुपमा राखेर खोला उत्खनन अमानतमा दिएकाले आक्रोशित स्थानीयबासी रमौली घाट स्थित कर उठाउने घर जलाउने क्रममा नगर प्रमुखका समर्थकहरु रोक्न खोज्दा दुई पक्षीय झडप भएको बताइएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले दुबै पक्षलाई छलफलका लागि आइतबार विहान बोलाएका छौं, त्यही शान्ति सुरक्षाको विषयमा पनि छलफल गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News