अपडेट 
२०७९ माघ २९, आईतवार ०७:४१

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पेट्रोलियम व्यवसायी राज्यको विश्वसनीय पात्र रहेको बताएका छन् । पेट्रोलियम डिलर्स एशोसिएशनको १५ औं साधारणसभाको उद्घाटनमा उनले अमलेखगञ्जपछि विराटनगरमा पेट्रोलियम पदार्थको भण्डारण रहेका कारण यस भेगका पेट्रोलियम पदार्थको समस्या खेपिरहनु परेको बताए ।

उनले धनुषाको महेन्द्रनगरमा रहेको पेट्रोलियम पदार्थ भण्डारण डिपोको क्षमतावृद्धि गर्न पहल भइरहेका कारण व्यवसायीहरुलाई चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए । महेन्द्रनगरको भण्डारण डिपोको क्षमतावृद्धिका लागि छेउमा नेपाली सेनाको व्यारेकले ओगटेको जग्गा अधिग्रहण गरी छिटो भन्दा छिटो काम सुचारु हुने जानकारी दिए । पेट्रोलियम पदार्थमा व्यवसायीहरुले पाउने कमिसनमा वृद्धि हुनसक्छ तर, देशको लागि पनि केही गर्नुपर्ने कार्यकारी निर्देशक थानीले आग्रह गरेका छन् । मुलुकको आर्थिक अवस्था कमजोर रहेको र पेट्रोलियम व्यवसायीहरुको समस्या बढी रहेका कारण विस्तारै समाधान खोज्न आग्रह गरेका छन् । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशी राज दाहालले पेट्रोलियम व्यवसायीहरु राज्यको एक अंग रहेको बताए । उनले पेट्रोलियम पदार्थ सरकारले बिक्री वितरण गर्ने निकाय रहे पनि निजी क्षेत्रलाई दिएको अधिकारलाई सामान्य रुपमा नलिन आग्रह गरे । उनले व्यवसायीहरुलाई इमान्दार र निष्ठावान बनि काम गर्न सुझाए । अनुगमन गर्ने अवस्था नआउन दिन व्यवसायीहरुलाई आग्रह गर्दै प्रजिअ दाहालले जनकपुरधामलगायत यस क्षेत्रको आसपासका पेट्रोलियम व्यवसायीहरु सामाजिक दायित्व पूरा गर्न आग्रह गरेका थिए ।

‘मुलुक विभिन्न द्वन्द्वात्मक परिस्थितिबाट वर्तमान अवस्थामा आएको छ’ उनले भने,‘देश र जनताको लागि तपाईहरु पनि केही योगदान गर्नुस ।’ मुलुकमा अहिले देखिएका समस्या सामाधान गर्ने निकाय सरकार र कर्मचारी मात्रै नरहेको बताउँदै जनता–जनता मिलेर मुलुकको निर्माणमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो । आफ्नो दायित्व पूरा गर्न नसक्नेहरु आफ्नो दायित्व तत्काल छोडनुपर्ने तर्क गर्दै प्रजिअ दाहालले इमान्दारीपूर्वक आफ्नो व्यवसाय गर्न आग्रह गरे । सो अवसरमा माँ जानकी यातायात व्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरीले पेट्रोलियम व्यवसायीले भोग्नुपरेको समस्या समाधान गराउनकालागि प्रजिअ दाहाल र कार्यकारी निर्देशक थानीलाई आग्रह गरेका थिए । पेट्रोलियम व्यवसायी २४ औं घण्टा चुनौतीहरुकाबीचमा काम गरिरहनु परेको बताए । पेट्रोल पप्पमा काम गर्ने कर्मचारीहरुलाईसमेत चुनौतीको सामना गरिरहनुपरेकोबाट निकास दिलाउन प्रजिअ दाहालसंग आग्रह गरे । जो आउँछ धम्काएर जाने, जसलाई जे मन लाग्यो भनेर जादा लगानी अनुसारको प्रतिष्ठासमेत पाउन कठिनाइ भइरहेको गुनासो गरे । पेट्रोलियम डिलर एशोसिएसनका जनकपुरधामका अध्यक्ष विष्णुदेव साहले पेट्रोलियम व्यवसायीहरुको कमिसन बढाउनुपर्ने आग्रह गरे । बैंकहरुले व्याजदर बढाइ सके, पेट्रोलियम पदार्थको ढुवानीसमेत महँगो भयो, हामी व्यवसायीहरु बैंकबाट लिएको रकमको व्याज बुझाउनसमेत समस्या भइ रहेको बताए । व्यवसायलाई मर्यादित बनाउने जिम्मेवारी व्यवसायीहरुको रहेको बताउँदै उनले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरे ।

पेट्रोलियममा विवाद

पेट्रोलियम डिलर्स एशोसिएशनको नयाँ कार्यसमिति चयन गर्नमा विवाद भएको छ । वर्तमान अध्यक्ष विष्णुदेव साहले धाँधली गरेको भन्दै विवाद उत्पन्न भएको छ । पेट्रोलियम डिलर्स एसशोसिएसनको १५ औं साधारणसभाको उद्घाटन सत्र सकेपछि आफ्नो मान्छेहरुलाई राखेर सर्वसम्मत फेरि आफै अध्यक्ष बन्न लाग्दा विवाद उत्पन्न भएको छ । पेट्रोलियम डिलर्सको वर्षौदेखि आफै अध्यक्ष भएर विष्णुदेव बसेको भन्दै असन्तुष्ट पक्षले विवाद गरेका थिए । असन्तुष्ट पक्षले आपूmहरु आइतबार जिल्ला प्रशासन गएर निवेदन दिने तयारीसमेत गरेको बताएका छन् ।

Comment

Related News