२०७९ माघ २९, आईतवार ०७:४५

भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । निमित्तको भरमा कार्यालय संचालन हँदा सेवाग्राही सेवा लिनबाट बञ्चित भएका छन् ।

कार्यालयका सुब्बा राम नारायण शर्मालाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गरिए पनि उनको कार्यशैलीप्रति सेवाग्राहीहरुले असन्तुष्टि व्यक्त गरेका छ्न । सामान्य काममा महिनौं कार्यालय धाउदासमेत कामगर्न निमित्त प्रमुख शर्माले आलटाल गर्दा ठूलो सास्ती खेप्नुपरेको सेवाग्राहीहरुको आरोप छ । निमित्त प्रमुख शर्माले एकदिनमा हुने कामलाई महिनौंसम्म अड्काएर राख्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । निमित्त कार्यालय प्रमुख अधिकांश समय कार्यालय बाहिरै बस्ने गरेकाले सेवाप्रवाहमा समस्या आउने गरेको कर्मचारीहरु बताउँछन् । शर्माले कार्यालय प्रमुखको जिम्मेवारी पाएपछि कार्यालयमा विरलै भेटिन्छन्, एक सेवाग्राहीले भने, भेटिहाले पनि रुखो व्यवहार गर्दै भोलि भेट्नु भन्दै बाहिरन्छन् । उनले प्रमुख शर्मा अनावश्यक बाहिर गफगरी बस्ने र कार्यालयमा समय नदिने गरेको आरोप लगाए । कष्टपूर्ण यात्रा र खर्च गरेर गाउँबाट राजविराज आउनुपर्छ, कार्यालय प्रमुख कार्यालयमा खोज्दा आएकै छैन् काम हुदैन भनी जवाफ पाइन्छ, कार्यालय परिसरमा भेटिएका एक सेवाग्राहीले भने, पटकपटक फोन गर्दासमेत नउठ्ने गरेकाले दिनभरि कुरेर कामै नगरी रित्तो हात फर्कनु पर्ने बाध्यता छ ।



उनले ६ महिनादेखि पटकपटक कार्यालय धाउदासमेत काम नभएको दुखेसो पोखे । निमित्त प्रमुख शर्माले आर्थिक लाभ लिएर कार्यालय बाहिर बसेर आफू निकटको मात्र काम गर्दै आएको सेवाग्राहीहरुको आरोप छ । आर्थिक लेनदेन गर्नेहरुको कामलाई प्रथामिकता दिने र सर्वसाधारणहरुलाई भेट्नलाईसमेत रोक लगाएको भन्दै सेवाग्राहीले शर्माको कार्यशैलीप्रति आपत्ति व्यक्त गरेका छन् । त्यस्तै, राजविराज मालपोत कार्यालय घुसिया अड्डाको रुपमा चिनिने गर्छ्न निमित्त कार्यालय प्रमुख शर्माको क्रियाकलापले त्यस कुराको पुष्टि गराएको सेवाग्राही बताउँछन् । मालपोत कार्यालयका प्रमुख दीपेन्द्र कुमार झा सरुवा भएपछि शर्मालाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो । विभागले समयमा कार्यालय प्रमुख नपठाएपछि निमित्तको भरमा संचालन भएको भूमिसुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीमा प्रमुख अभावले सेवाग्राहीहरु सास्ती खेप्न बाध्य भएका छन् ।

Comment


Related News

Latest News

Trending News