अपडेट 
२०७९ माघ २९, आईतवार ०९:००

सोमवार टर्कीमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघेको छ । टर्कीमा २४ हजार ६ सय १७ र सिरियामा ३ हजार ५ सय ७५ जना गरी २८ हजार १ सय ९२ जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

यसैबीच भूकम्प प्रभावित टर्कीमा सेनाले लुटपाटको आरोपमा कम्तीमा ५० जनालाई पक्राउ गरेको छ भने केही बन्दुक बरामद गरेको बीबीसीले जनाएको छ । यसअघि नचिनेका समूहबीच झडप हुँदा उद्धार कार्य प्रभावित भएको थियो ।

यसैबीच भूकम्प गएको १ सय ३२ घण्टापछि एक जना सात वर्षकी बालिकाको जीवितै उद्धार भएको छ ।

हाताय प्रान्तको भग्नावशेषबाट ती बालिकालाई निकालिएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्प गएको लामो समय र अत्यधिक चिसोका कारण मानिसहरु जीवित भेटिने आशा सकिँदै जाँदा केही चमत्कारिक उद्धार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्प गएको एक सय घण्टापछि जीवितै उद्धार हुनेको सङ्ख्या कम्तीमा १० जना पुगेको छ ।

Comment


Related News

Latest News

Trending News