अपडेट 
२०७९ फाल्गुन १, सोमबार ०७:२०

बाराको जीतपुर स्थित सिटि मार्केटमा विद्युत् सर्ट भइ आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

जीतपुर सिटि मार्केटमा अनिल साहले सञ्चालन गरेको कपडाको पसलबाट आगलागी भएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको बारुण यन्त्र, वीरगञ्ज महानगरपालिकाको बारुण यन्त्र र नेपाल आयल निगमको बारुण यन्त्रको मद्दतले आगोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । आइतबार विहान आगलागी भएको थियो । समयमै स्थानीय,प्रहरी र बारुण यन्त्रको मद्दतले आगोलाई नियन्त्रणमा लिएको कारण सिटि मार्केट भित्र रहेको ६ वटा पसलमा मात्र आगलागी भएको थियो । आगलागी भएको खबर पाएपश्चात सिटि मार्केटमा सञ्चालन गरेको पसलेहरुमा भाग दौड मचेको थियो । सबैले आ–आफ्नो पसल भित्र रहेको लत्ता कपडा बचाउन प्रयासमा लागेको थिए । कतिपयले सामान ओसार पसार गर्दा पानीमा कपडा खसेको कारण आफूहरुको पनि पसल भित्र रहेको कपडा काम नलाग्ने भएको बताएका छन् ।

हजारी साहले संचालन गरेको कपडा पसलबाट ५ लाख, विवेक चौधरीले सञ्चालन गरेको कपडा पसल बाट ५ लाख,मोहम्मद सुबरातिले सञ्चालन गरेको कपडा पसलबाट २० लाख,अनिल साहले सञ्चालन गरेको कपडा पसलबाट १७ लाख , मुनुलाल प्रसाद रौनियारले सञ्चालन गरेको हरिओम ट्रेडर्सबाट २० लाख र अन्जनी प्रसाद चौरसियाले सञ्चालन गरेको पसलबाट ५ लाख को क्षति भएको सिटि मार्केट भित्र संचालन गरेको यी पसलेहरुले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News