अपडेट 
२०७९ फाल्गुन १, सोमबार ११:३८

टर्की र सिरिया भूकम्पमा परि अहिलेसम्म ३३ हजार जनाभन्दा धेरैको ज्यान गएको पुष्टि भएको छ । सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण अहिलेसम्म टर्कीमा २९ हजार ६ सय ९५ र सिरियामा ३ हजार ५ सय जनाको ज्यान गएको पुष्टि भएको राेयटर्सले जनाएको छ ।

भूकम्पमा अझै कयौँ बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । भूकम्प गएको एक हप्ता भइसक्दा पनि हराइरहेका धेरैजसो भेटिएका छैनन् । तर, यस बीचमा कतिपयको भने जीवितै उद्धार भइरहेको छ । अत्यधिक चिसो र भग्नावशेषमा पुरिएकाले जीवित भेटिने सम्भावना कम भइरहेका बेला पनि कतिपयको जीवितै उद्धार भएकाले केही आशा भने छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ । भूकम्पबाट १४ लाख बालबालिकासहित झण्डै २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना रहेको विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ ।

Comment


Related News

Latest News

Trending News