अपडेट 
२०७९ फाल्गुन २, मंगलवार ०८:०६

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु राष्ट्रपति निर्वाचनसम्म हुनसक्ने बताएका छन् ।

सोमबार कपिलवस्तुमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले प्रचण्ड नेतृत्वको सरकारको आयु छोटो रहेको बताएका छन् । उनले भने,‘प्रचण्ड नेतृत्वको सरकार इतिहासकै कमजोर भएकाले भरथेग होस् भनेर जसपाले समर्थन गरेको हो । तर, टिक्न सक्ने देखिएन । राष्ट्रपतिको निर्वाचनपछि सरकार ढल्ने सम्भावना छ,’ । अध्यक्ष यादवले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विरोधीहरूले प्रचण्डलाई सरकारमा टिक्न नदिने बताए ।

Comment

Related News

Latest News

Trending News