
मधेश प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ ।
सभामुख रामचन्द्र मण्डलद्वारा आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । माघ ४ गते मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।