अपडेट 
२०७९ फाल्गुन २, मंगलवार ०८:१३

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले कोरोनाकालमा स्थापना गरिएको विशेष अस्पतालमा काम गरेका स्वास्थ्यकर्मीहरुको तलब भत्ता उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएका छन् ।

सोमबार नेपाल चिकित्सक संघ प्रादेशिक अस्पताल शाखाका पदाधिकारीहरुले तलब भत्ता नपाएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा उनले सो आश्वासन दिएका छन् । कोभिड–१९ महामारीको आपतकालीन व्यवस्थापनको लागि प्रादेशिक अस्पतालद्वारा संचालित विशेष अस्पताल तथा सपही र गंगुली आइसोलेसनमा करारमा काम खटेका चिकित्सकहरुले तलब भत्ता नपाएकोतर्फ मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ ।

संघका पदाधिकारीहरुले २०७७ असार महिनाको १५ गतेदेखि ०७७ पुसको ५ गतेसम्म मानव जीवन रक्षाको लागि ज्यान जोखिममा राखी गरेको कामको तलब तथा जोखिम भत्ता नपाएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । संघका सचिव रामज्ञान यादवले १ महिना चार दिनको तलब तथा ५ महिना चार दिनको जोखिम भत्ता दर्जनौ स्वास्थ्यकर्मीहरुले नपाएपछि प्रादेशिक अस्पतालको चिकित्सक संघको शाखामा निवेदन बुझाएको जानकारी दिए । सोही निवेदन अनुसार उच्च अदालत जनकपुरबाटसमेत २०७९ असार ७ गते तलब भत्ता उपलब्ध गराइ दिने भनी परमादेश जारी भएकोले तलब भत्ता उपलब्ध गराई दिन हुन मुख्यमन्त्री समक्ष आग्रह गरेका छन् ।

Comment


Related News