अपडेट 
२०७९ फाल्गुन ३, बुधबार ०८:१७

राष्ट्रिय एकता अभियानले रुपन्देही र झापामा ‘नेपाल– भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।

दुई देशबीचको भौगोलिक, सांस्कृतिक, व्यापारिक र राजनीति सम्बन्धका विषयमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको प्रमुख आतिथ्यमा रुपन्देहीमा आयोजित कार्यक्रममा मनीष लोध, बिन्ध्याचल चौधरी, रणजीत यादव, रामअवध पासी, अजय गुप्तालगायतले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रमका वक्ताहरुले भारत र नेपालको आत्मा एकै भएको तर्क गर्दै नेपालको विकासमा भारतले पुर्याइरहेको योगदानको कदर गर्नुपर्ने बताए । यसैगरी,झापामा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयमा कार्यक्रम सम्पन्न भएको छ ।

अभियानका जिल्ला अध्यक्ष मणिकुमार राईको अध्यक्षता तथा अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा विश्व हिन्दू महासंघका जिल्ला अध्यक्ष मोहन उप्रेती, विश्व हिन्दू परिषद्का अध्यक्ष होमनाथ ढुंगेल, अभिायनकी कोषाध्यक्ष तारा राजवंशी, पुनमकुमारी मुखिया, गणेश सिंह, दीपेन्द्र यादव, दयानन्द गोश्वामीलगायतले बोलेका थिए। कार्यक्रमका उनीहरुले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारतबीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको बताए

Comment

Related News