अपडेट 
२०७९ फाल्गुन ३, बुधबार ०८:२३

जनकपुरधाम । प्रदेशसभाका सांसद दीपेन्द्र ठाकुरले भ्रष्टाचार वृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

फागुन ११ गतेदेखि यहाँ हुन लागेको जनकपुर साहित्य महोत्सवको लागि कविता वाचन छनोट प्रतियोगिताको उद्घाटन सत्रमा उनले सो चिन्ता व्यक्त गर्दै सर्जकहरुले यसबाट मुक्ति पाउने सिर्जना गर्नु आवश्यक रहेको बताए । उनले ‘जितेर पदमा पुगेका जनप्रतिनिधिहरुले कसरी बढी भन्दा बढी पैसा कमाउने? कसरी नाम कमाउनेतर्फ नै ध्यान केन्द्रित रहेको अवस्थामा वर्तमान संसदमा केही दलहरु लोकतन्त्र र संघीयताको विरोधी रहेको बताउँदै उनले ती दलहरुले संघीयता खारिज गर्नतर्फ षडयन्त्र गरी लोकतन्त्र खारेज गर्ने मनसायमा रहेको आरोप लगाए । जनताको अधिकारको कुरो होस कि विकासको कुरा संसारमै संघीयतासहितको लोकतन्त्र भन्दा उत्तम कुनै पनि व्यवस्था नरहेकोमा जोड दिँदै उनले संघीयताको लागि जनजनमा सकारात्मक धारणा बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको बताए ।

Comment


Related News

Latest News

Trending News