अपडेट 
२०७९ फाल्गुन ३, बुधबार ०८:२८

वर्षौदेखि अलपत्र अवस्थामा रहेको लाल बकैयाको पुल निर्माणको कार्य बढाउन माग राख्दै गौर नगरपालिका– ४ का संजय कुमार सहनी आमरण अनसनमा बसेका छन् ।

पुल निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले समयमा पुल निर्माण नगरी अलपत्र अवस्थामा छोडेकोले शीघ्र निर्माण कार्य सुचारु गराउन माग गर्दै सोमबार राति देखि उनी आमरण अनसनमा बसेका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सह–सचिवसमेत रहेका सहनीले २०७१ साल असारÞ २४ गतेमा सम्झौता भएको लालबकैया पुलको निर्माण काम अहिलेसम्म अधुरो रहेको र सरकारले पनि कार्य नगर्ने ठेकेदार निर्माण कम्पनी माथि कारबाही नगरेकोले बाध्य भएर अनसनमा बसेको बताए । गौरदेखि औरैया जाने बाटोको बीचमा पर्ने टिकुलिया घाटमा पुल नबन्दा सर्वसाधारणलाई आवत जावतमा ठूलो समस्या उत्पन्न भइरहेकोले पुलको निर्माण कार्य यथाशीघ्र अगाडि बढाउन दबाब सृजना गर्ने उद्देश्यले सहनीले आमरण अनसन थालेका छन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका पुलको निर्माण गर्नका लागि पप्पू कंस्ट्रकशनले २०७१/३/२४ मा १७ करोड़ ९ लाख ६७ हजार ६८० रुपैयाँ ९० पैसामा २०७४/३/२४ निर्माण कार्य सम्पन्न गर्ने सकारेका थिए । सकार गरेको समयमा निर्माण कार्य सम्पन्न नगरेको कारण २०७७ सालमा बाढी आएको बेला डुंगा दुर्घटना हँुदा ४ जनाको ज्यान गएकोले निर्माण कम्पनीमाथि कारबाही गरी संचालकको सम्पतिसमेत छानबिन गर्नुपर्ने मागसमेत गरेको छ । सहनीले भने सरकारलाई पुल निर्माण गर्न नेपाली नागरिको ज्यान चाहियो भने ज्यान दिन पनि तयार रहेको छु । पटक पटक सरकारले तथा सम्बन्धित निकायले अश्वासन दिदा पनि गौर र ईशनाथ नगरपालिकाका जनताले पुल पाउन सकेका छैनन् । समयमा निर्माण कार्य गर्न भन्दा भन्दै निर्माण कार्य सम्पन्न नगरेको पप्पु कंस्ट्रकशनले पाएको अन्तिम म्याद २०७७÷९÷१४ सम्ममा काम गर्न नसकेकोले ठेक्का रद्द गरिएको छ ठेक्का रद्द भए पनि सम्बन्धित निकायले अहिले सम्म नयाँ ठेक्का किन गर्न नसकेको भन्दै सहनीले प्रश्न गरेका छन् ।

Comment

Related News

Latest News

Trending News