अपडेट 
२०७९ फाल्गुन ३, बुधबार ०८:३१

बालक र बालिको भोलिको भविष्यहुन् र वर्तमानको कर्णधार पनि हुन् । धेरै अर्थमा बालबालिका आफैँमा जिम्मेवार पनि हुन् । आजको युगमा बालबालिकाको भविष्य प्रति धेरै चिन्ताव्यक्त गरिन थालिएको छ । बालबालिकाको लागि अभिभावकले अब खुलेर खर्च गर्न थालेका छन् । बालबालिकाको शिक्षा र स्वास्थ्य प्रति आफ्नो शिक्षा तथा स्वास्थ्य भन्दा बढी सम्वेदनशील र जिम्मेवार हुनथालेका छन् अभिभावकहरु । यसलाई निकै सकारात्मक रुपमा लिनु पर्छ । बालबालिकाको शिक्षा र स्वास्थ्यका साथै मनोरंजनको पनि धेरै ख्याल गरिन थालिएको छ । अब पहिलेको तुलनामा विद्यालयबाट नै भए पनि बालबालिकाहरु तुलनात्मक रुपमा निकै बढी वनभोज वा शैक्षिक अवलोकन भ्रमणमा जान थालेका छन् । बालबालिकाहरुले बढी खेलौना घरमै पाउन थालेका छन् । आमाबुबा सित आफ्नो समाज भन्दा टाढाको ठाउँमा घुम्न पनि जान थालेका छन् । यसरी बालबालिकाले डुलेर पाउने अनुभव तथा अनुभूति पनि पाउन थाल्दा पहिले भन्दा निकै बढी आफूलाई सहज महसुस गराइरहेका छन् ।

अहिले गाउँ घरमा पनि के एउटा गुनासो सुनिन थालिएको छ भने मोबाइलले गर्दा बालबालिकाको सिर्जनशीलतामा निकै कमी आएको छ । सानो अवस्था देखि नै बालबालिकाले मोबाइल चलाउन सिकिरहेका छन् । सानो भन्नाले दूधे बालक भन्दा पनि हुन्छ । ओछ्यानमा सुतिरहने बालबालिका वा हिँड्न डुल्न सुरु गरिनसकेका शिशुहरुको हातमा पनि स्क्रिन टच मोबाइल पुगिरहेको छ र यस्ता साना बालबालिकाहरुले पनि मोबाइलको गीत, संगीत, चित्रवा कार्टुन हेरेर रमाउन थालेका छन् । हातमा मोबाइल दिने हो वा तिनको सुगम पहुँच भित्र पर्ने गरी मोबाइलमा मनपर्ने सामग्री प्रदर्शन गर्दै राखिदिने हो भने हात खुट्टा हल्लाउँदै खुसीहुँदै मज्जाले मोबाइलको दृश्यसित रमाइरहेको पाउँछौँ । मोबाइल हटाउना साथ रोइकराइ सुरु भइहाल्छ । कतिपयले व्यंग्यात्मक किसिमले यही कुरालाई अब आमाको काख भन्दा पनि बालबालिकालाई मोबाइल प्यारो हुन थालि सक्यो भन्न थालेका छन् । शिशु तथा बालबालिकाको लागि मोबाइल हानिकारक रहेको सबैतिरबाट सुनिन थालिएको छ । मोबाइलले बालबालिकाको आनी बानीमा पनि पार्ने प्रभावबारे विभिन्न समयमा सामग्रीहरु प्रकाशन प्रसारण भइरहेका छन् । अति सर्वत्र वर्जयते भनेर पहिलेदेखि भनिएको हो । बालबालिकालाई मोबाइल चलाउन वा हेर्न कति सम्म वा कुन अवस्थामा दिने भन्ने विषयमा अभिभावकले विचार पु¥याउनै पर्छ । यसै गरी मोबाइलको विकल्पको रुपमा बालबालिकालाई के कस्ता खेलौना दिन सकिन्छ वा डुलाउन सकिन्छ वा बालबालिकाको मनोरंजनका लागि पहिले देखि समाजमा अपनाइने मनोरंजनात्मक खेल, गीत वा लोरी वा अन्य विकल्प बारे पनि विचार गर्नु आवश्यक छ कि? आज भोलि अभिभावक सित समयको निकै अभाव भइसकेको छ ।

अभिभावक चाहन्छन् कि बालबालिका आफैँ खेलिरहँदा अन्य काम गर्न सकिन्छ । आफ्नो काममा लागि रहन सकिन्छ । काममा लागि रहँदा दुधे बालबालिकाले पनि धेरै समयसम्म खेलेर अल्झिने भनेको मोबाइल नै हो । यसै कारण नजिकको बजारसम्म तरकारी किन्न जाने आमाले पनि एउटा मोबाइलमा मन पर्ने खेल दिएर तरकारी किन्न गइरहेका छन् । छिमेकमा कोही आएका छन् भने एक छिन भेटेर घर फर्किरहेका छन् । हातमा मोबाइल परेपछि बालबालिका अनुशासित भइरहेका छन् । यसबाट स्वाभाविक हानिपुगिरहेको हुनुपर्ने सामग्रीहरु प्रकाशन प्रसारण भइरहँदा अभिभावकहरु यतातिर अझै जति सम्वेदनशील बन्नु पर्ने हो त्यत्ति हुन नसकेको बुझाइ रहेको छ । बालबालिकाको भविष्यबारे अभिभावकहरु बढी चिन्तित हुन्छन् तर वर्तमान बारे बढी गम्भीर हुँदैनन् । वर्तमानको हरेक दिन बालबालिकाको भविष्यसित जोडेर हेरि दिने हो भने धेरै हदसम्म बालबालिका प्रति अभिभावक जिम्मेवार रहेको मान्न सकिन्छ । यद्यपि अभिभावकले चाहे जस्तै सबै कुरा बालबालिकाले गर्दछन् भन्ने होइन । कतिपय अवस्थामा अभिभावकलाई बालबालिकाले ठगिरहेको पनि हुन्छ तर यसबारे अभिभावक सचेत हुनु आवश्यक छ । बालबालिका प्रति सचेत हुनु र बालिबालिका प्रतिजिम्मेवार हुनु दुवै फरक कुरा पनि हुन सक्छन् । कतिपय बालबालिका यस्ता हुन्छन् जो परिश्रम गर्न चाहँदैनन् । बढी खेल्न चाहन्छन् तर खेलमा पनि जिम्मेवार हुन चाहँदैनन् । खेल पनि मनोरंजनका लागि मात्र खेल्न चाहन्छन् । पढाइमा ध्यान दिँदैनन् । विद्यालय जान्छन् र फर्किन्छन् । आज के पढ्यौ भनेर सोध्ने हो भने के के बताउन थाल्छन् । वा पढेको जस्तो अभिनय गर्दछन् । जतिखेर पनि खेल्न पाएहुन्थ्यो जस्तो गरिरहन्छन् । हो, यस्ता बानी भएका बालबालिकाले अझ बढी जिम्मेवार भएर आफन बालबालिकालाई ध्यान दिनुपर्ने हुन्छ । अलिक बढी नै सचेत हुनुपर्ने हुन्छ ।

अभिभावकले मात्र बालबालिकालाई सपार्न सक्दैनन् । बालबालिका प्रति समाज पनि गम्भी हुनै परेको छ । पालिका पनि गम्भीर हुनुपरेको छ । निसन्देह बालबालिकाका लागि अभिभावकको सबैभन्दा ठूलो भूमिका हुन्छ, अभिभावक नै असली जिम्मेवार पनि हो तर यसको अर्थ यो होइन कि अभिभावक वा कुनै परिवार चाहिँ समाजबाट भिन्न छ । हरेक परिवारमाथि समाजको प्रभाव परेको हुन्छ र समाजको प्रभावले व्यक्ति प्रभावित भएको हुन्छ । बालबालिका दिन भर वा सधैँ घरमै रहँदैनन् वा रहनु पनिहुँदैन । समाजमा घुलमिल हुने गर्नुपर्छ । अन्य दौँतरी सित खेलकुद गर्नै पर्छ । समाजमा हुने प्रगतिको साक्षी पनि बनाउने गर्नुपर्छ । समाजका विकृति तथा विसंगतिसित परिचित भइरहेको हुनुपर्छ । यहीनेर बालबालिकाले कसको संगत गर्दैछ र जसको संगत गर्दैछ ऊ कस्तो छ भन्ने कुरो पनि बुझिराख्नु जरुरी छ । कुनै व्यक्तिले आफ्नो छिमेकीलाई बदल्न सक्दैन । समाजलाई एउटा व्यक्तिले बदल्नु सम्भव छैन तर समाजमा रहेका सकारात्मक र नकारात्मक कुरासितव्यक्ति परिचित हुन्छ । हरेकव्यक्ति मिलेर समाज बनेको हुन्छ । यसरी समाजको प्रभाव व्यक्तिमाथि र व्यक्तिको प्रभाव समाजमाथि परेको हुन्छ । यद्यपि कुनै पालिकाले चाहेमा कुनै पनि समाजका कतिपय कुरामा परिवर्तन ल्याउन सक्छ । समाजले ल्याउने परिवर्तनलाई दीर्घकालीन बनाउन सक्छ तथाकतिपयतत्कालीन परिवर्तन ल्याउनु पर्ने आवश्यकता पनि समाजले बुझ्न सक्छ ।

यदि पालिकाले चाहने हो भने समाजको आधारभूत पहिचानमा परिवर्तन गर्न सक्दैन तर बाह्य पक्षको धेरै कुरामा परिवर्तन सम्भव छ जुन व्यक्तिको हकमा सर्वथाअसम्भव र अकल्पनीय हुन सक्छ । बालबालिकाको हकमा पनि पालिका यत्तिकै सम्वेदनशील बन्नु आवश्यक छ । पालिका भन्नु चाहिँ स्थानीय सरकार हो । पालिकाको कुन वडा र कुनगाउँ तथा टोलमा कतिबालबालिका छन्, कति विद्यालय गइरहेका छन्, कति विद्यालय जानबाट वञ्चित छन्, कित विद्यालय गइरहेका छैनन् भन्ने जस्ता प्रश्नको उत्तर पालिकालाई खोज्न सजिलो छ । त्यस पछि कुन विद्यालयमा कति विद्यार्थी छन्, कति शिक्षक छन्, विद्यार्थी र शिक्षकको अनुपात कति हो, विद्यालयमा गएर बालबालिकाहरु के गर्छन्, कति उपलब्धि हासिल गरिरहेका छन्, के कस्ता समस्या छन्, ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने जस्ता पक्ष र प्रश्न माथि पनि विचार गर्न सक्ने निकाय भनेको पालिका नै हो । पालिकाले बालबालिको रुचि केमा रहेको छ र त्यस रुचिले बालबालिकाको भविष्यमा कस्तो असर पर्न सक्छ भन्ने विषयमा पनि पालिकाले नै अनुसन्धान गर्न सक्ने हो । हुन त जब सम्म बसी बसी खानलाई पाउँछ तब सम्म कोही काम गर्न चाहँदैनन् भनिन्छ । यसको अर्थ यो हो कि परिश्रम गर्ने बानी सबैमाहुँदैन । परिश्रम गर्नु भन्दा नगर्नु वा अल्छी गर्नु वा काम छलेर आल्तुफाल्तुको काममा रुचि छ भने यस किसिमको रुचिलाई बदल्नु जरुरी हुन्छ । यदि बालबालिकाले दिन भरि मोबाइल चलाउँछन् भने मोबाइल चलाउनबाट रोक्नुपर्छ । यत्तिकै रोक्ने हो भने रिसाउँछन् र अरु काममा मन लगाउँदैनन् । यदि नरोक्ने हो भने अरु कामै गर्दैनन् । हो, यस्तो परि स्थितिमा बालबालिकालाई सुधार गर्न पालिकाले केही व्यवस्था गर्नुपर्ने हुन्छ ।

विद्यालय मार्फत बालबालिकाको अनुगमनको व्यवस्था गर्न सकिन्छ । अतिरिक्त क्रियाकलापको क्षेत्रमा राम्रो गर्नेलाई पुरस्कृत तथा प्रोत्साहन गर्ने वातावरणको निर्माण गरिनु पर्छ । बालबालिकाको अन्य क्षमताको उपयोग गर्ने वातावरण सिर्जना गरिनु उचित हुन्छ र सम्भव भयो भने त्यस्ता बालबालिका जो गृह कार्य वा गृह अध्ययनमा भन्दा मोबाइल चलाउनमा रुचि लिन्छ, त्यस्ताको लागि विद्यालय वा पालिकामा गुनासो सुन्ने अधिकारी राख्नु उचित हुन्छ । यसले गर्दा बालबालिकाको कुरोलाई कसरी समाधान गर्ने भन्ने विषयमा उपाय निकाल्न सकिन्छ । बालबालिका गम्भीर र सम्वेदनशील विषय नै हो । बालबालिकाको समस्यालाई गम्भीरता पूर्वक लिनुपर्छ । तत्कालको लागि अगाडि जे जति देखिएका छन्, तिनीहरु नै समस्या होइनन् । पछि आउने समस्यालाई पनि समाधान गरिनु जरुरी छ । यसैले बालबालिका भोलिको कर्णधार मात्र होइन आजको जिम्मेवार पनि हो भन्ने मान्यतालाई बुझेर आजको समस्या समाधान गर्ने र भविष्यको लागि पूर्वाधार तयार पार्ने काममा अभिभावक, समाज तथा सम्बन्धित पालिकाले जिम्मेवारी बोध गम्भीरतापूर्वक गर्नु आवश्यक देखिन्छ । बालबालिकाले नै देश कस्तो बन्ने हो भन्ने संकेत गरिरहेको हुन्छ । यसकारण भविष्यलाई सपार्न भविष्यका अग्रजहरु अर्थात बालबालिकालाई सबै दृष्टिकोणले सुदृढ बनाउनु अत्यन्त आवश्यक देखिएको छ ।

Comment


Related News

Latest News

Trending News