२०७९ फाल्गुन ३, बुधबार ०८:३७
नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको प्रमुख सचे तकमा कुमरकान्त झालाई मनोनित गरिएको छ ।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्ण प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । झालाई संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा (३) बमोजिम ने पाली कांग्रेस मधेश प्रदेश सभा संसदीय समितिको प्रमुख सचे तक पदमा मनोनित गरि एको विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेस संसदीय समितिलाई थप सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण सहयो ग र योगदानको अपेक्षा गर्दै नेता यादवले हार्दिक बधाई एवं कार्यकालको सफलताको कामना पनि गरेका छन् ।

