अपडेट 
२०७९ फाल्गुन ३, बुधबार १७:२५

मधेश प्रदेशको प्रदेशसभा बैठकले कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । बुधबार बसेको बैठकबाट सभामुख रामचन्द्र मण्डलले कार्यव्यवस्था परामर्श समिति गठन गरेका हुन् ।

प्रदेशसभा सञ्चालन नियमावली २०७५ को नियम १३ बमोजिम प्रदेशसभामा पेश हुने विषयको प्राथमिकता, समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न र सभामुखलाई आवश्यक परे परामर्शका लागि कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ

समितिमा नेकपा एमालेका लखन दास तत्मा, हरिनारायण महतो, नेपाली कांग्रेसका कुमरकान्त झा, जिवछी कुमारी यादव, जनता समाजवादी पार्टीका रामअशिष यादव, जनमत पार्टीका चन्दन कुमार सिंह, लोकतान्त्रिक समाजवादी पार्टीकी रानी कुमारी तिवारी, नेकपा एकीकृत समाजवादी पार्टीका रत्नेश्वर गोइत यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीकी कञ्चन विक्षा, नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी र नागरिक उन्मुक्ति पार्टीकी उर्मीला देवी सिंहलाई दलीय सहमति अनुसार मनोनय गरेका हुन् । माओवादी केन्द्रबाट सांसदको नाम आउन बाँकी रहेको छ ।

Comment


Related News

Latest News

Trending News