अपडेट 
२०७९ फाल्गुन ३, बुधबार २१:००

धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट दुईजना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने ३३ वर्षीय अनिल साह र एकडारा गाउँपालिका–३ बस्ने ३५ वर्षीय विरेन्द्र साह रहेका छन् ।

यातायात कार्यालयमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले दुबैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए ।

सेवा ग्राहीहरूसँग तोकेको कर शुल्क भन्दा बढी रकम लिइरहेको अवस्थामा उनीहरू दुबैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसान्धान भइरहेको डीएसपी गौतमले बताए ।

Comment


Related News