अपडेट 
२०७९ फाल्गुन ४, बिहीबार ०७:४८

मधेश प्रदेशसभामा भ्रष्टाचार र खस्किदै गएको अर्थतन्त्रप्रति सांसदहरुले चिन्ता व्यक्त गरेका छन् । मधेश प्रदेशमा युवा सांसदहरुको बर्चस्व मुहाली रहेको र आफूहरु काम गर्न तत्पर रहेको भन्दै भ्रष्टाचारलाई शून्यमा झार्नुपर्ने उनीहरुले तर्क गरेका छन् । मधेश प्रदेश सरकारबाट विगतमा व्यापक भ्रष्टाचार भयो भन्दै उनीहरु सदनमै आवाज उठाएका छन् । प्रदेशका मन्त्रीहरुले बिना कमिसनको योजना अगाडि बढाउन आनाकानी गरेको उनीहरुको गुनासो थियो ।

बुधवार मधेश प्रदेश सभामा बोल्ने अधिकांश सांसदहरुले भ्रष्टाचार, उपभोक्ता समितिको भुक्तानी र अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् । सांसदहरु दीपेन्द्र ठाकुर, शेषनारायण यादव, किरणकुमारी यादव, चनदनकुमार सिंह, रानी कुमारी तिवारी, मालाकुमारी कर्ण, रत्नेश्वर गोइत यादव, प्रमोदकुमार जयसवाल, जिवछीकुमारी यादव, ललिता दास, उपेन्द्र महतो, सतीशकुमार सिंह, शारदा देवी थापा, श्यामप्रसाद पटेल, शोभा देवी, राजेन्द्रप्रसाद चौधरी, मनोजकुमार सिंहलगायतले भ्रष्टाचार,अर्थतन्त्र, कमिसनका बारेमा ध्यानाकर्षण गराएका थिए । भ्रष्टाचार,अर्थतन्त्र र उपभोक्ता समितिको भुक्तानी हुनुपर्ने जोडदार माग गरिएको बेला राजनीतिक विश्लेषक रोशन जनकपुरीले सांसदहरु सद्नमा बोल्नुपर्ने दायित्व पूरा गरिरहेको बताए । उनले सांसदहरुको भन्दा सरकारको भूमिका बढी रहेको बताउँदै राजनीतिक, प्रशासनिक र आर्थिक चरित्र परिवर्तन नभएसम्म कसैले कुनै भाषण गर्दैमा केही फरक नपर्ने जिकिर गरे । प्रदेश सरकारबाट विगतमा भएको कार्यहरुमा व्यापक भ्रष्टाचार भएको भन्दै वर्तमान सांसदहरु आफ्नो कार्यकालमा त्यस्तो कलंक नलागोस तिर बढी केन्द्रित देखिएका छन् । उनीहरु असारे बजेटलाई कम्तीमा यस पटक कार्यान्वयन नगरी विगतका सरकारले बनाएको रेडबुक अनुसार काम गर्न माग गरेका थिए । सदनमा बोल्ने अधिकांश सांसदहरु भ्रष्टाचारलाई शून्यमा झार्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । तर, मधेश प्रदेशका नीति आयोगका पूर्व उपाध्यक्ष भोगेन्द्र झाले भ्रष्टाचारलाई शून्यमा झार्नु तथा अर्थतन्त्रलाई उकास्न निष्ठा, सिद्धान्त र प्रतिबद्धताको आवश्यकता रहेको बताएका छन् । उनले सांसदहरुले उठाएका कुरामा सहमति जनाउदै सांसदहरुले भाषण भन्दा बढी आचरणमा शुद्धता प्रतिबद्धता र व्यवहारमा ल्याउनुपर्ने तर्क गरेका छन् । उनले मधेश प्रदेशमा यावत कुराहरुलाई नियन्त्रण गर्न सकिन्छ तर, त्यसको लागि काठमाण्डु इमान्दार हुनुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्ने निकाय इमान्दार हुनुपर्ने तर्क गरे ।

अख्तियारले ठूलालाई चैन र सानालाई बेचैन गर्ने गरेका कारण भ्रष्टाचार नियन्त्रणमा मधेश प्रदेश कमजोर रहेको बताए । प्रदेश सरकारबाट विगतमा उपभोक्ता समिति गठन गर्ने तर, गरेको कामको भुक्तानी नदिँदा कृषकहरु समस्यामा परेका छन् । उनीहरु आफ्ना क्षेत्रका सांसदहरुलाई फोन गरेर हैरान पारेको समेत गुनासो गरेका थिए । भ्रष्टाचार नियन्त्रण,अर्थतन्त्र उकास्नेलगायतको विषयहरुमा अहिले संसदमा प्रवेश गरेपछि राजनीतिक शास्त्रका प्राध्यापक रामु साहले ती सांसदहरुलाई आफैबाट भ्रष्टाचार नियन्त्रण गर्न सुझाव दिएका छन् । आफ् नो सवारी साधन हुँदाहुँदै सरकारी गाडीको प्रयोग, पेट्रोल आवश्यकता भन्दा बढी लिनु र भत्ता लगायत घर भाडासमेत सरकारी स्तरबाट नै लिनु पनि एक प्रकारको भ्रष्टाचार रहेको बताए । मधेश भवनमा देखिएको तामझाम राणा र राजाहरु भन्दा पनि बढी देखिएको उनी बताउँछन् । उनले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरिएपछि वर्तमान समस्या आएको प्राध्यापक साह बताउँछन् । उनले सांसदहरु जुन विद्यालय, जुन क्याम्पसमा पढेका छन् त्यसलाई कसरी सुधार गर्न सकिन्छ त्यस विषयलाई मुद्दा बनाउनुपर्छ तर, आपूmलाई चोखो देखाउनका लागि भ्रष्टाचारका कुरा गर्छन् उनले भने । उनीहरुलाई डर छन् कि फेरि आफ् नो कोषबाट हुने काममा समस्या नआओस त्यसप्रति प्रदेश सरकारलाई अहिले देखिनै सचेत गराइ रहेको उनको भनाइ थियो ।

Comment

Related News

Latest News

Trending News