अपडेट 
२०७९ फाल्गुन ४, बिहीबार ०८:०१

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियनको राजर्षि जनक विश्वविद्यालय क्याम्पस कमिटीको अध्यक्षमा अनिरुद्ध यादवलाई चयन गरिएको छ ।

युनियनका धनुषा अध्यक्ष सुनिलकुमार मण्डल,केन्द्रीय सचिवद्व्य शत्रुधन यादव, विकास यादव, बलिराम कापरीसहितका विद्यार्थी नेताहरुको उपस्थितिमा बिहीबार बसेको बैठकले कमिटीको उपाध्यक्षद्वयमा साहिद अख्तर गद्दी,आरती कुमारी पुर्वेलाई चयन गरेका छन् । त्यस्तै,कमिटीको सचिवमा राधेकृष्ण यादव, सह–सचिव दिनेश कुमार महतो, शिवशंकर साह, कोषाध्यक्षमा गुञ्जन कुमारी यादवलाई चयन गरिएको छ । सदस्यहरुमा रुपेश कुमार यादव, रुपेश कुमार महतो, अजय कुमार मण्डल, राकेश कुमार पटेल, प्रतिमा गुप्ता, दिलीप यादव, आरती कुमारी सिंह, अभिशेष यादवसहितलाई चयन गरिएको जनाइएको छ ।

Comment


Related News