अपडेट 
२०७९ फाल्गुन ४, बिहीबार ०८:१३

नेपाल–भारत कृषिऔजार ‘ क्रेता–बिक्रेता’ अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ ।

वीरगञ्ज स्थित भारतीय महाबाणिज्य दूतावासले बुधबार आयोजना गरेको कार्यक्रममा दुबै देशका कृषिऔजार व्यवसायीहरुको उपस्थित रहेको थियो । मुख्य रुपमा नेपालको कृषि क्षेत्रलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा भारतका विभिन्न कृषि औजार सप्लायर कम्पनीहरुका बजार व्यावस्थापकहरुले आ– आफ्ना कम्पनीका उत्पादनहरुको बारेमा जानकारी गराएका थिए ।भारतका प्रसिद्ध कम्पनी एचवे टार्यस,पाहवा ग्रुप ,भि एच ग्रुप एवम् सोना एग्रो सोलुसन लगायतका कम्पनीका बजार प्रमुखहरुले नेपालको लागि उपयोगी विभिन्न कृषिऔजारहरुको बारेमा जानकारी गराएका थिए । जसमा मुख्यरुपमा जंगली क्षेत्रसंग गाँसिएका किसानहरुले बर्षौदेखि जंगली जनावरहरुबाट भोग्दै आएका बाली नष्ट गर्ने समस्याका लागि भारतको हरियाणामा रहेको एक कम्पनीले निर्माण गरेको झड् का मेसिनको बारेमा जानकारी गराइएको थियो ।

नेपाली कृषकहरुको लागि अति आवश्यक रहेको उक्त मेसिनले सोलार प्रणालीबाट वनक्षेत्रसंग गाँसिएका बालीलाई जनावरबाट सुरक्षित गर्ने र जंगली जनावर हरुलाई पनि हानी नहुने कार्यक्रममा उक्त कम्पनीका प्रमुखले जानकारी समेत गराए । कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका सहायक कन्सुलर तरुण कुमारले कार्यक्रमको उशेश्यको बारेमा जानकारी गराएका थिए भन्ने इकनोमिक कपरेशन एण्ड कर्मस कन्सुलर शतिस कटपुले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वीरगञ्ज उद्योग बाणिज्य संघका सुबोध गुप्ता,कृषिबाली अनुसन्धान कार्यालय परवानीपुरका प्रमुख विशेश्वर प्रसाद यादवले नेपाल भारत बीचको सम्बन्ध परापूर्वकाल देखि रहेको बताउँदै भारतीय महाबाणिज्य दूतावासले ायोजना गरेको उक्त कार्यक्रमले नेपाली कृषि क्षेत्रलाई टेवा पुग्ने उल्लेख गरे । कार्यक्रममा भारतीय महाबाणिज्य दूतावासका राजनैतिक कन्सुलर शैलेन्द्र कुमार,मिडिया एवम् सांस्कृति कन्सुलर शशिभूषण कुमार लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Comment

Related News