अपडेट 
२०७९ फाल्गुन ५, शुक्रबार ०७:४२

राजनीतिक दलहरुको आफ्नो सिद्दान्त ,लक्ष्यल एवं नीति हुन्छन्, जुन प्राय प्रष्ट र लिखित दस्तावेजको रुपमा हुन्छ।राजनीतिक दलहरुले आफ्नो कार्यसञ्चाबलन आफ्नो सिद्दान्त एवं नितिभित्र रहेर गर्नु पर्दछ। आफ्नो सिद्दान्त एवं नीति विपरितका कार्य गर्ने राजनीतिक दललाई सही बाटोमा हिँडेको मानिदैन्।राजनीतिक दलहरु आफ्नो सिद्दान्त एवं नीतिमा कायम रहन नसक्नुको मुख्य कारण नेतृत्वामा व्यक्तिगत स्वार्थ हाबि हुनु नै रहेको हुन्छ।सत्ता स्वार्थमा लिप्त नेतृत्वले राजनीतिलाई सही नेतृत्व, दिशा र गति दिन सक्दैन्। जहाँ लोकतन्त्र छ, त्यहाँ राजनीतिक दलको अस्तित्व हुन्छ।राजनीतिक दल सँधै सफल नै हुन्छन् भन्ने छैन असफल पनि हुन्छन्।आन्तरिक वा बाह्य् कारणबाट कुनै दल असफल हुन सक्छ, कुनै दलको अस्तित्व पनि समाप्त। हुन सक्छ, तर समग्र लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलको अस्तित्व नै समाप्त् हुँदैन्। राजनीतिक दल विनाको लोकतन्त्र र लोकतन्त्रमा राजनीतिक दलको भूमिका नहुने भन्ने् हुँदैन। राजनीतिक दल र लोकतन्त्रबीच तालमेल मिल्न नसक्दा कुनै एक वा दुवै कमजोर हुन्छ।जसबाट समाजमा द्वन्द्व र अस्थिरता पैदा हुन्छ। त्यसैले यी दुवै अन्तरसम्बन्धित हुन्छन् र हुनुपर्दछ। राजनीतिक दलहरु सरकारमा गएसँगै आफ्नो सिद्दान्त एवं नीति र लोकतान्त्रिक मूल्य मान्यता समेत बिर्सेर दलगत स्वार्थमा लाग्ने गरेको पाइन्छ।नेपालका राजनीतिक दल र तिनका नेतृत्वले विगतमा गरेका गल्तिका कारण जनताको विश्वानस गुमाउदै गएको अवस्था थियो र अहिले पनि छ। ०६२÷६३ पछि विगतका गल्ति सच्याएर संविधानका साथै विकास दिने आसमा आम जनताले राजनीतिक दल र तिनका नेतृत्वलाई समर्थन गरेका थिए, तर अहिले पनि सुध्रिएको अनुभव आम जनताले गर्न सकेका छैनन्। नेपालका राजनीतिक दलमा रुपान्तरण हुन सकेको छैन् । राजनीतिक दलले सँधै निर्वाचनमा सहभागी हुने र शान्तिपूर्ण बाटोबाट मात्र सरकारमा स्थापित हुनुको सट्टा क्रान्ति र आन्दोलनको बाटो पनि रोज्न सक्छन्। तर सत्तामा जान जनादेशको कदर नै नगरी अङ्कगणित पयर्यातउन विकृत खेलहरु खेल्नु हुँदैन।संसदमा हुने सत्ताको विकृत खेलहरुले अन्ततः दल, लोकतन्त्र र व्यवस्थालाई नै कमजोर बनाउछ। देशको परिस्थिति, जनचाहना र परिवर्तन अनुसार अगाडी बढ्न सक्ने राजनीतिक दलहरु मात्र सफल हुन्छन्।अन्य दलहरुले क्षणिक लाभ लिन सफल भएपनि सफल हुन सक्दैनन्।राजनीतिक दलमाथि अविश्वा।स रहे पनि तिनै राजनीतिक दललाई चुनावमार्फत शक्ति प्रदान गर्नुको विकल्प छैन्, आम जनतासँग। लोकतन्त्रमा अर्को कुनै विधि र विकल्प नै हुँदैन् । बहुदलीय व्यवस्था स्थापनापछिको संसदको दोस्रो कार्यकालमै दलहरुबीच सुरु भएको सत्ताको लुछाचुँडी र विपरीत बिचारबीचको गठबन्धनको प्रतिस्पर्धा २०७२ को संविधान जारी भएपछि झन चर्को बनेको छ।सत्ता समिकरण निर्माणका बेला हुने गरेको त्यस्ता गठबन्धनहरु अहिले निर्वाचनमै हुन थालेको छ।त्यही संसदको कार्यकालमा सत्ताका जे जस्ता विकृत खेलहरु भए। ति सम्झिने लायकका छैनन्। त्यसका परिणामहरु पनि कम खराब थिएनन्। तत्कालीन समयमा लाभ लिएको राप्रपाको हालत के भयो ? सबैले देखेका छन्।

नेपाली राजनीतिमा पुस्तान्तरण र रुपान्तरणको मुद्दा लामो समयदेखि उठ्दै आएको छ।राजनीतिक बहस पनि यसमा केन्द्रित हुने गरेको छ, तर राजनीतिक दलका स्थापित नेतृत्व पुस्तान्तरण र रुपान्तरण गर्न इच्छा देखाएका छैनन्। गत मंसिर ४ मा भएको आम निर्वाचनबाट पुराना दलहरुलाई सुध्रिन र नयाँ दललाई नयाँ ढंगले अगाडि बढन प्रष्ट सन्देश दिईसकेका छन्, आम मतदाताले। यस्तो परिस्थितिमा दलहरु सुध्रिनुको विकल्प छैन् तरपनि कुनै दल त्यसतर्फ अगाडि बढन् अग्रसर भएको देखिदैनन्। राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकको अनवरत संघर्ष हो नेपाली काँग्रेस। वीपीको विचार र संस्कार, गणेशमान सिंहको त्याग र संघर्ष र कृष्ण प्रसाद भट्टरटईको सन्त र निष्ठाको जगमा उभिएको काँग्रेस आज आफ्नो तिनै जगमा टेकेर अगाडि बढदै छ कि छैन्? नेपाली काँग्रेसले उठाएको विचारले जित्दा पनि काँग्रेस स्वयंले चुनाव जितेर किन सत्ताको नेतृत्वक लिन सकिरहेको छैन्? संविधानमा उल्लेखित मौलिक हक कार्यान्वयनको सन्दर्भमा काँग्रेसको नीतिगत स्पष्टता के हो? काँग्रेसले अघिल्लो संसदमा बलियो र रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न सकेन।अहिले आफ्नै गल्तिले प्रतिपक्षमा पुग्दा पनि प्रतिपक्षको भुमिका स्विकार्न आनाकानी गरेर सत्ता नै किन ताकिरहेको छ? संगाठनिक रुपमा निरन्तर ओरालो लाग्दा पनि नेतृत्वक हस्तान्तरण गर्न किन तयार छैन्, काँग्रेस नेतृत्वा? काँग्रेसले नीति महाधिवेशन कहिले गर्छ? भ्रातृ सङगठनको व्यवस्थापन किन गर्न सकिरहेको छैन्? काँग्रेस अब कसरि अगाडी बढ्छ? यिनै प्रश्नर वरिपरिको बहसमा आज काँग्रेस घेरिएको छ।यिनै बहसमा काँग्रेस अडकिदा अन्योल र ढलमलको अवस्थामा पुगेको छ । नेपाली काँग्रेस नेपालको सबै भन्दा ठूलो समाजवादी–लोकतान्त्रीक राजनीतिक दल हो। यो दलको स्थापना २००६ साल चैत्र २७ गते नेपाल राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकिकरणबाट भएको थियो।नेपाली काँग्रेस बहुमत प्राप्तस गर्न सफल एक मात्र नेपाली दल हो, जसले ३ चुनावमा बहुमत ल्याएको छ। यसैगरी ३ चुनाव बाट यो पहिलो दल बन्न सफल भएको छ। नेपालको पहिलो प्रजातान्त्रिक तवरले निर्वाचित सरकार लगायत पञ्चामयत युगको सुरुवातका बीच चारवटासरकारको नेतृत्वन गरेको नेपाली काँग्रेस नयाँ संविधानअनुसार भएको आम निर्वाचन २०७४ मा आफ्नो इतिहासमै कमजोर अवस्थामा पुगेको थियो। काँग्रेस कमजोर हुनुको कारण आफुमा खोजेन।कमजोर हुनुको कारण वाम गठबन्धनको राप ताप लाई देखाएर नेतृत्व उम्किएको थियो।अहिलेको चुनावबाट काँग्रेस पहिलो दल बन्नई सफल भएपनि बहुमत प्राप्त गर्न सकेको छैन्।काँग्रेसले अहिले पहिलो पार्टीको हैसियत प्राप्तन गर्नुमा कम्युनिष्टत पार्टीमा दरार पैदा हुनु ठूलो सहयोगी सबित भएको छ। यसमा माओवादी र नेकपा एसको सहयोग पनि रहेको छ । काँग्रेसको तेह्रौँ महाधिवेशनबाट काँग्रेसको नेतृत्वर गर्न शेरबहादुर देउवा आइपुगेका हुन्।पदाधिकारीसमेत नियुक्त नगरी दुई वर्षसम्म पार्टीचलाएका थिए।त्यही अबधिमा नयाँ संविधानअनुसार तीन तहको पहिलो निर्वाचन भएको थियो। तीनै तहमा काँग्रेसले नराम्रो हार ब्यहोरेको थियो। पराजयलाई लिएर काँग्रेसभित्र किचलो भएको थियो, तर पराजयको नैतिकजिम्मासमेत सभापति देउवाले लिएका थिएन्। त्यस अघि नै विभिन्नए नेताले देखाइसकेको नैतिकता समेत काँग्रेस सभापति देउवाले देखाएनन्। संसदमा प्रमुख प्रतिपक्षको भुमिकामा पुगेको काँग्रेसले त्यहाँ पनि सशक्त र रचनात्मक भूमिका निर्वाह गर्न सकेको थिएन।काँग्रेसको छायाँ सरकारको घोषणा छायाँमै परेको थियो।काँग्रेसले आफ्नो विधानअनुसार गठन गर्नुपर्ने कतिपय विभाग र केही समितिको गठनै गर्न सकेको थिएन्।सभापति देउवाले पार्टीलाई नीतिगत स्पष्टेता समेत दिन सकेको थिएन् ।

भ्रातृ संगठनको व्यवस्थापन, समयमा महाधिवेशन, पार्टी विस्तार र सुधार,पार्टी महासमितिको भेला लगायतका पार्टीको काम र क्रियकलापमा ध्ययान दिएकै थिएन, सभापति देउवाले। गुटगत सहभागीताले प्रश्रय पाएका कारण विभाग र समितिको गठन प्रक्रियानै अन्योलमा परेको थियो।काँग्रेसभित्र पार्टीको आन्तरिक मामिलाबारे अलमल कायम हुन पुगेको थियो ।कारण थियो शीर्ष नेताको स्वार्थ।काँग्रेसका केन्द्रीय स्तरका नेताहरु नै अलमल्लमा परेका थिए र काँग्रेस कमजोर हुँदै गएको थियो।अहिले पनि शीर्ष नेताहरुकै सत्ता स्वार्थका कारण काँग्रेसका नेताहरुसँगै सिंगो काँग्रेस स्वयं अन्योलमा छ र झन कमजोर हुने यात्रा प्रस्थान गरेको छ । काँग्रेसको १४ औँ महाधिवेशनमा पुस्तान्तरणको मुद्दा निकै चर्को स्वरमा केही नेताले उठाएका थिए। काँग्रेसको १४ महाधिवेशनमा पुस्तान्तरणको बहसले प्रमुख स्थान पाएको थियो।देउवाले विभिन्न् पदको लोभमा नेताहरुलाई लोभ्याउन सफल भएका कारण सभापतिमा पुस्तान्तरण हुन सकेको थिएन्।तर महामन्त्रीमा दुई युवाले पाएको सफलता पुस्तान्तरणको संकेत दियो। नेपाली काँग्रेसको १४ औं महाधिवेशन नेतृत्वक चयनमा मात्रै केन्द्रित थियो र केबल नेतृत्वर चयन गरेर सम्पन्नक भएको थियो।समयमा महाधिवेशन सम्पन्नव गर्न नसक्दा काँग्रेसको वैधानिकता माथि नै प्रश्नय उठ्न लागेको थियो।वैधानिकता जोगाउन मात्र काँग्रेसले महाधिवेशन गरेको थियो।तर नीतिगत समीक्षा र भावी नीति तय गर्न नीति महाधिवेशनलाई थाती राख्योस । पार्टीको महाधिवेशन सम्पन्नई भएको ६महिनापछि नीति महाधिवेशन गर्ने भनेको काँग्रेसमा अहिलेसम्म यस सम्बन्धमा छलफल समेत हुन सकेको छैन्।नीति महाधिवेशन नहुँदा काँग्रेसको संसदीय बोर्डले पूर्णता पाउन सकेको छैन्। विभाग र समितिहरु गठन हुन सकेका छैनन्।भ्रातृ संगठनको विधान उल्लंघन भएर अनुशानहिनतामा चलिरहेको छ।यसले पार्टीमा अन्योलको अवस्थाको सिर्जना गरेको छ।अहिले काँग्रेस नीतिविहीनको अवस्थामा चलिरहेको छ भनेर भन्दा फरक पर्दैन्। पार्टीले नीति नै नहेरी नेतृत्व चयन गरिसकेको छ।अब कस्तो छुट्टै नीति महाधिवेशन भन्नेक हुन्छ? नेताहरुले प्रश्न उठाउदै महाधिवेशनबाट नीति र नेतृत्व चयनलाई छुट्टाउने निर्णय नै गलत भएको बताउँन थालेका छन्।काँग्रेसले लिने नीतिबारे पर्याप्ता छलफल र बहस आवश्यछक छ।तर समय घर्किसक्दा पनि परिवर्तनको संवाहकका रुपमा हेरिएका महामन्त्रीहरुले समेत यस विषयमा पर्याप्तय ध्ययान दिन सकेका छैनन्।काँग्रेसमा नीतिको अन्योलता समेत कायम रहेको छ । वाम शक्तिहरु एक हुँदा काँग्रेसको शक्ति निकै कमजोर भएको थियो। वाम शक्तिहरु विभाजित हुँदा काग्रेसले सत्ता शक्तिमा फर्कियो। तर प्रतिपक्षको भूमिकामा फिक्काम देखिएको काँग्रेस सत्ता सञ्चोलनमा पनि सम्झिने लायकका केही काम गर्न सकेन्।वाम शक्ति विभाजित रहेको अवस्थामा पनि एक्लै चुनावमा जान नसकेको काँग्रेसले चुनावपछि वाम–लोकतान्त्रिक गठबन्धनलाई पनि जोगाउन सकेन्।सबैभन्दा बढी सत्ताको नेतृत्वको गरेको काँग्रेस आज सत्तामा जान वाम शक्तिको वैशाखी टेक्नु पर्ने अवस्थामा पुगेको छ। वाम शक्तिको सहारा बेगर नेपालको राजनीतिमा काँग्रेसले आफ्नो प्रभाव देखाउनै नसक्ने गरी निष्प्रभावी हुँदै गएको छ।

आफ्नै गल्तिका कारण सत्ताबाट बाहिरिएको काँग्रेसपछिल्लो समयमा सत्तामा जान अनेक सम्भावनाको खोजिमा रहेको छ। काँग्रेसले प्रधानमन्त्री नदिएकै कारण पानी बाराबारको अवस्थामा रहेका ओलीसँग हात मिलाएर दाहाल प्रधानमन्त्री बनेका छन्।दाहाललाई प्रधानमन्त्री बनाउन नमान्दा हातमा आइसकेको सत्ता अभ्यादसको अवसर गुमाएको काँग्रेसले संसदमा उभिएर उनै दाहाललाई विश्वाासको मत दियो तर प्रतिपक्षमै बस्ने उद्धोष गरेको छ।काँग्रेसको यस निर्णयको चौतर्फि बिरोध भएको छ । दाहाललाई काँग्रेसको विश्वा सको मतले केही फरक परेको छैन् र पर्नेबला पनि थिएन। काँग्रेसले दाहाल र ओलीबीच खटपट गराएर सत्तापक्षको बेन्चमा बस्न र सत्ता शक्ति बाँडफाँडमा हिस्सेदारी खोज्ने प्रयास स्वरुप यो कदम चालेको छ। काँग्रेस सत्तापक्ष कि प्रतिपक्ष? प्रश्नर पनि उठेको थियो। काँग्रेस नेतृत्वसँग यसको चित्त बुझदो कुनै जवाफ थिएन्, केवल संविधान रक्षको सुगा रटान छ।जुन तर्क राजनीति बुझ्ने कसैले पत्याउन सकेको अवस्था छैन्। अहिले आफ्नो शक्ति वाम– लोकतान्त्रिक गठबन्धन नै रहेको चेत काँग्रेसले गठबन्धन भत्किएपछि मात्र पायो।अनि फेरि वाम–लोकतान्त्रिक गठबन्धन ब्युँताउन असफल प्रयासमा लागेको छ।कथम्कदाचित् काँग्रेस सफल भएपनि अहिलेको व्यवस्था र संविधान खतरामा पर्ने सम्भावना बलियो भएर आउँछ। जुन घटना काँग्रेसको सिद्दान्त विपरितको हुन्छ र कारक काँग्रेस नै हुन्छ। महाधिवेशनमा पुस्तान्तरणको अवसर गुमाएको काँग्रेसले संसदीय दलको नेताको चुनावमा समेत अवसरको सदुपयोग गर्न सकेन्। संसदीय दलको नेताको चुनावमा विश्वसप्रकाश शर्म र प्रदिप पौडेक जस्ता संस्थापन पक्षकै युवा नेताहरुको साथ पाएर पनि गगन थापाले आफ्नै संस्थापन इतर समुहको मत सुरक्षित गर्न सकेको देखिएन्। यसले काँग्रेसका युवा पुस्ता पुस्तान्तरणको पक्षमा रहेको तर नेतृत्वतमा बुढोपाको नेताहरुको वर्चस्व रहेकोले पुस्तान्तरण कठिन रहेको संकेत गर्योष।यसरी काँग्रेसको आवश्यमकता पुस्तान्तरण हो कि होइन? यसमा पनि काँग्रेस भित्र अन्योल नै रहेको देखिन्छ । एकल बहुमत पुर्याउिने सामर्थ्य गुमाइ सकेका काँग्रेस नेतृत्वले आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेर प्राप्त जनमत खण्डिहत गरे, तर जनमत गुमाएको यथार्थ स्विकार्नुको सट्टा सत्ताको लागि लोकतान्त्रिक मुल्य मान्यतालाई दाउमा राखेका छन्। अहिले विभिन्नु मुखको पद लिन काँग्रेस नेतृत्व हरेक सम्भावनाको खोजीमा रहेको छ।सम्भावनाको खोजी र लोभमा काँग्रेस अलमलमा परेको छ, भने ६०–४० को भागबण्डाहलाई स्थापित गर्दै काँग्रेसभित्रै दुई पार्टीको अभ्यास गरेर कमजोर बन्दै गएको छ। काँग्रेसको अलमलले संसद अलमलिन सक्छ। संसदलाई अलमलाएर काँग्रेसले केही पद प्राप्तब गर्ने आफ्नो लालसा पुरा गरे पनि काँग्रेसको सिद्दान्त हार्ने गरी व्यवस्था नै संकटमा पर्न सक्छ।काँग्रेसले नीतिगत स्पष्टताका साथ स्पष्ट रुपमा अगाडि बढ्न आवश्यनक छ।त्यसको लागि काँग्रेसमा पुस्तान्तरणपछिको रुपान्तरण अत्यावश्य् छ।अहिले अलमलमै ढलमल छ काँग्रेस ।

Comment


Related News

Latest News

Trending News