अपडेट 
२०७९ फाल्गुन ५, शुक्रबार ०८:०४

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।

भारतीय कम्युनिष्ट पार्टीको ११औं महाधिवेशनमा सहभागी हुन भारत बिहारको राजधानी पटन तर्फ जाने क्रममा सिमरा विमानस्थलमा पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा नेता खनालले सो धारणा व्यक्त गरेका छन् । ‘राष्ट्रपति एक सम्मानित पद हो ,त्यसैले राष्ट्रपतिको चयनका लागि बहुमत तथा अल्पमतको खेलमा लाग्नु हुँदैन राष्ट्रिय सहमति बनाएर अगाडि बढ्नु पर्छ ।’,उनले स्पष्ट पारे । एक प्रश्नको जवाफमा उनले राष्ट्रिय सहमति भएको खण्डमा आफू राष्ट्रपति बन्न तयार रहेको धारणा समेत राख्दै यसतर्फ आफ्नो पार्टीले कुनै निर्णय नगरेको प्रष्ट पारे । ‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण एजेण्डा हो ।

यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दूरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पु¥याउनु पर्छ,’ खनालले भने, । कम्युनिष्ट पार्टीहरुको साझा सवालमा वस्तुगत एकता आजको आवश्यकता भएपनि वाम एकता गर्न तर्फ ठूला दलहरुको सोंच पुग्न नसेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने,‘ अहिले पनि वाम शक्तिहरु मात्र एक भएर सरकार बनाउन सक्ने अधार भए पनि त्यस्तो हुन नसक्नु दुर्भाग्यपूर्ण हो ।’

Comment

Related News