अपडेट 
२०७९ फाल्गुन ५, शुक्रबार ०८:२१

धनुषा प्रहरीले एकैदिन विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय तथा मातहतको कार्यालयबाट खटेको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका २० जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए । डीएसपी गौतमले अधिकांश फरार प्रतिवादीहरु कुटपिट मुद्दाका रहेको जानकारी दिएका छन् ।

Comment

Related News