२०७९ फाल्गुन ५, शुक्रबार १९:२८

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिष्ठानहरूमा असमावेशी नियुक्ति गरेको भन्दै विरोध जनाएको छ ।

जसपाले शुक्रबार विज्ञप्ति जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरेको उपकुलपति र प्राज्ञहरूको नियुक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सरकारले  प्रतिष्ठानमा जातीय/समुदायिक समानुपातिक समावेशिताको मर्म विपरीत एकल जातीय प्रभुत्व र वर्चस्वलाई प्राथमिकता राखेको भन्दै जसपाले आपत्ति जनाएको छ ।

जसपाले भनेको छ, ‘संविधानको मर्म र भावना तथा समावेशिताको सिद्धान्त विपरीत गरिएका नियुक्तिहरू सच्चाई समानुपातिक समावेशिताको मर्म अनुकूल हुने गरी नियुक्ति गर्न जनता समाजवादी पार्टी, नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

Comment

Related News

Latest News

Trending News