अपडेट 
२०७९ फाल्गुन ५, शुक्रबार १९:२८

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिष्ठानहरूमा असमावेशी नियुक्ति गरेको भन्दै विरोध जनाएको छ ।

जसपाले शुक्रबार विज्ञप्ति जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरेको उपकुलपति र प्राज्ञहरूको नियुक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सरकारले  प्रतिष्ठानमा जातीय/समुदायिक समानुपातिक समावेशिताको मर्म विपरीत एकल जातीय प्रभुत्व र वर्चस्वलाई प्राथमिकता राखेको भन्दै जसपाले आपत्ति जनाएको छ ।

जसपाले भनेको छ, ‘संविधानको मर्म र भावना तथा समावेशिताको सिद्धान्त विपरीत गरिएका नियुक्तिहरू सच्चाई समानुपातिक समावेशिताको मर्म अनुकूल हुने गरी नियुक्ति गर्न जनता समाजवादी पार्टी, नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

Comment

Related News