अपडेट 
२०७९ फाल्गुन ६, शनिबार ०८:४६

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विगत पाँच वर्षको सरकारको सबभन्दा ठूलो उपलब्धि जनकपुरधाम राजधानी बन्नु रहेको बताएका छन् ।

तिरहुतिया गाछीमा आयोजित अन्तराष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले धनुषा र महोत्तरी बाहेकका कुनै पनि जिल्लाका साँसदहरु जनकपुरधामलाई राजधानी बनाउने पक्षमा नरहेको उल्लेख गरे । राजधानी बनाउने विषयमा साँसदहरुबीच मेरै कार्यालयमा विवाद हुने गरेको बताउँदै उनले भने,‘धनुषा र महोत्तरी वाहेकका जिल्लाका साँसदहरुले यहाँ धेरै महँगी छ भन्थे,यहाँ कोठा भाडामा पाईँदैन र पाए पनि एक महिनामै भाडाको दरमा वृद्धि हुन्छ,यहाँका व्यापारीहरुले धेरै ठग्छन् त्यसैले जनकपुरधामलाई राजधानी बनाउनु हुँदैन ।’ तर उहाँहरुलाई पूर्व सप्तरीदेखि पश्चिम पर्साको बीचमा पर्ने भएको र माता जानकीको नगरी मात्र नभइ प्राचीनकालमा समेत यो राजधानी नै रहेकोले पनि यसैलाई राजधानी बनाउनु पर्छ भन्दै मैले नै सबै साँसदहरुलाई सम्झाइ बुझाई सहमतिमा ल्याएको उनले बताए । यदि हामीले राजधानी नराखेको भए देशमा त्यत्तिकै संघीयता विरोधीहरुको जमात नै रहेको बताउँदै उनले भने,‘मधेश प्रदेश मात्रै यस्तो प्रदेश हो जहाँको जनजनको मनमा संघीयता प्रति प्रेम छ,र संघीयतालाई जोगाउन पहिचानसहितको नाम आवश्यक थियो र तत्कालीन प्रदेश सरकारले मधेश नामाकरण ग¥यो।’ मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने बित्तिक्कै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहसंग पटक–पटक छलफल गरी राजधानीलाई राजधानी देखिने गरी विकास गर्न समन्वयको लागि आफूले प्रतिवद्धता समेत जनाएको उल्लेख गरे ।

मुख्यमन्ण्त्री यादवले यस्ता मेलाको आयोजनाले मधेश प्रदेशको व्यापार प्रवद्र्धनका साथै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने धारणा राखे । प्रदेश सरकारले उद्योग मैत्रि नीति ल्याएको बताउँदै उनले मधेश प्रदेश उद्योग कलकारखानाको लागि उर्वर भूमि रहेकोले यस प्रदेशमा लगानी भित्रियाउन उद्योगी व्यवसायीहरुसँग आग्रह गरे ।

Comment

Related News

Latest News

Trending News