२०७९ फाल्गुन ६, शनिबार ०८:५१

आज महाशिवरात्री पर्व शिवको पुजा आराधना गरी मनाइँदैछ ।

फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाआराधना गरी मनाउने प्रचलन रहेको छ । आज बिहानैदेखि देशभरीका शिव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने छ । नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजापाठ गर्ने धार्मिक प्रचलन छ । धार्मिक ग्रन्थ अनुसार आज नै शिवको जन्म भएको हो । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाशिवरात्रि पर्वको अवसरमा जनकपुरधाम स्थित शिवालय,कपलेश्वरनाथ महादेव, क्षीरेश्वरनाथ मन्दिर, महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरलाई बेहुली झैँ सजाइएको छ ।

Comment


Related News

Latest News

Trending News