मधेश प्रदेशका सामाजिक विकास मन्त्री सुरिता साहले मधेश प्रदेशलाई शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्नेमा जोड दिएकी छिन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा आयोजित समारोहमा उनले भनिन्,‘ प्रदेशलाई शिक्षा र स्वास्थ्यको हब नबनाएसम्म संघीयताबाट मधेशी जनताले देखेको सपना पूरा हुँदैन,त्यसैले प्रदेशलाई शिक्षा र स्वास्थ्यको हब निर्माण गर्न सक्नु पर्छ।’ प्रतिष्ठानद्वारा प्रवाह हुने सेवाहरु सुक्ष्म रुपमा सुलभ ढंगले घर घर सम्म पु¥याउन सकिए मात्रै जनताले संघीयताको अनुभूति गर्ने उल्लेख गर्दै उनले भनिन्,‘ वर्तमान अवस्थामा प्रादेशिक अस्पताल र प्रतिष्ठानबीच जुन खाडल देखिएको छ त्यसको समाधान गर्नु पर्छ अन्यथा पाएको उपलब्धी पनि गुमेर जान बेर लाग्दैन ।’ समक्ष पुग्न सके मात्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनामा धनुषा तथा महोत्तरीका सांसदहरुले महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् ।
प्रतिष्ठानले शुक्रबार दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भनिन्, मनाएको छ । मन्त्री साहले प्रदेश सरकार प्रदेशवासीको स्वास्थ्य उपचार सहज ढंगले होस् भन्ने उद्देश्यले प्रतिष्ठानको स्थापना गरेको स्पष्ट पार्दै प्रादेशिक अस्पतालको सेवा सन्तोषजनक नरहेको गुनासो पोखिन् । प्रदेश सरकारले चालु आर्थिक वर्षमै सुरक्षित मातृत्व,पूर्ण खोप कार्यक्रम, कुपोषणमुक्त प्रदेश,स्वास्थ्यमा निःशुल्क पहुँचलगायतको योजनाहरु अगाडि बढाएको जानकारी दिँदै संघीयताबाटै प्राप्त उपलब्धि यस प्रतिष्ठानले मातहतका अस्पतालसंग समन्वयकारी भूमिका निर्वाह गरेर स्वास्थ्य क्षेत्रलाई बलियो पार्नु अहिलेको आवश्यकता रहेको जिकिर गरिन् । प्रतिष्ठानको जनकपुरधामको मुजेलिया सिथत केन्द्रिय कार्यालयमा आयोजना गरिएको वार्षिकोत्सव उद्घाटन समारोहलाई सम्बोधन समाजिक विकास मन्त्री सुरिता कुमारी साहले सर्वसधारण जनतालाई सहज रुपमा स्वास्थ्य उपचार सेवा दिन निर्देशन दिएका छन् । संघ सरकारको मधेश प्रदेशसंग जहिले पनि सौताको जस्तो व्यवहार रहेको आरोप लगाउँदै मधेश प्रदेश सरकारलाई बलियो पार्न र समृद्ध बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा अझै गंभीर भइ काम गर्नु पर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद अभिराम शर्माले विगतको सरकारको सबभन्दा ठूलो महत्वकाँक्षी योजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान नै रहेकोले यसको विकासको लागि सबै पक्ष मिलेर अघि बढ्नु पर्ने आवश्यकता औंल्याए । प्रादेशिक अस्पताल जनकपुरधाममा सरसफाई जस्तो स–सानो समस्याको समाधान यथाशीघ्र गर्नु पर्ने बताउँदै प्रतिष्ठान सम्पूर्ण प्रदेशको लागि गौरवको योजना रहेको धारणा व्यक्त गरे । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले प्रतिष्ठानको विकासमा मधेश प्रदेश सरकारले उल्लेखनीय योगदान दिँदै आएको बताए । उनले उच्चस्तरीय स्वास्थ्य सेवा,उच्चस्तरीय स्वास्थ्य शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा अनुसन्धान गरी मुख्य तीन वटा उद्देश्य पूरा गर्न सकिए मधेश प्रदेश स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय स्थान हासिल गर्दै जाने बताए ।
कार्यक्रममा प्रतिष्ठानले कुपोषण पुनस्र्थापना केन्द्रले वर्षकै उत्कृष्ट काम गरेको भन्दै सम्मान प्रदान गरेको थियो । कार्यक्रमा,सांसद रानी शर्मा तिवारी,प्रतिष्ठानका शिक्षाध्यक्ष डा.अतुल साह, रजिष्टार विनोद.यादवसहितकाले आफ्नो मन्तव राखेका थिए ।