
चर्को बैंक ब्याजदर,लघुवित्त र मिटर ब्याजी विरुद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्य समिति धनुषाको अगुवाइमा सो विरोध प्रदर्शन गरिएको छ । भानुचोकबाट निस्केको विरोध जुलुश कदमचोक,शिवचोक हुँदै जनकचोकमा गइ कोणसभामा परिणत भएको थियो । विरोध जुलुशमा सहभागीहरुले मिटरब्याजीमाथि कडा कारबाही गर्नु पर्ने ,बैंकको चर्को ब्याजदर घटाउनु पर्ने तथा लघुवित्तबाट पीडितहरुलाई राहत दिनु पर्नेसहितका माग गरेका थिए । बैंकको चर्को ब्याजदरकै कारण ऋण तिर्न नसकेर कतिपय व्यक्तिहरु आत्महत्या गर्न बाध्य बनेको बताउँदै प्रदर्शनकारीहरुले समस्याको समाधान नगरिए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।