
सुरक्षित यतायात र दीगो सडक नाराका साथ सडक सुरक्षा सम्बन्धी जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । भौत्तिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक सुरक्षा काउन्सिलको आयोजना ,बर्दिवास नगरपालिकासहितका संस्थाको सहयोगमा शुक्रबार बर्दिवासमा कार्यक्रमको आयोजना गरिएको छ ।
मोटर्स स्पोर्टस विश्व संगठनका सदस्य गोविन्द भट्टराईले सहजीकरण गरेको सो कार्यक्रममा बोल्दै वक्ताहरुले सडक सुरक्षा ट्राफिक प्रहरी र राज्यको मात्रै जिम्मेवारी नरहेको बताए । विश्वमा हुने आकाल मृत्युको आठौं कारण सडक दुर्घटना रहेपनि नेपालमा भने सडक दुर्घटना नै अकाल मृत्युको मुख्य कारणको रुपमा देखिएकोले दुर्घटना न्यूनीकरणका लागि नागरि कसमाजले समेत दायित्व बोध गर्नु पर्ने धारणा वक्ताहरुले राखेका थिए । नेपालमा प्रति वर्ष सडक दुर्घटनामा परी २७ सय भन्दा बढी व्यक्तिले अकालमै ज्यान गुमाउनु परेको दुखद स्थिति रहेको कार्यक्रममा सहभागीहरुले बताए ।
सडक दुर्घटनाकै कारण ठूलो जनधनको क्षति भइरहँदा पनि अहिले सम्म यो विषय राजनीतिकर्मीहरुको लागि विचार विमर्शको विषय नबन्नु दुर्भाग्यपूर्ण रहेको गुनासो समेत वक्ताहरुले गरे । मधेश प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बोल्दै नेपाल अटोमोबाइल एशोसिएनका केन्द्रीय सचिव सन्तोष न्योपानेले जरिवाना मात्रै गरेर दुर्घटना न्यूनीकरण गर्न नसकिने टिप्पणी गरे । उनले हेलमेट लगाउनै पर्ने ,सवारी चलाउँदा लेन अनुशासनको पालना गर्नै पर्ने विषयमा व्यापक जनचेतना आवश्यक रहेको औंल्याए ।
त्यसैगरी मधेश प्रदेशमा पनि सडक सुरक्षा काउलन्सिलको गठन हुनु पर्ने माग समेत उनले गरे । कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक उदय सिंह सिजापति,ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक दिनेश गौत्तम ,काउन्सिलका ईन्जिनियर आयुष श्रृेष्ठ,अटोमोबाइल ईन्जिनियर सुयोग खनाल सहितका प्रशिक्षकहरुले सडक सुरक्षाबारे जानकारी गराएका छन् ।