अपडेट 
२०७९ फाल्गुन ७, आईतवार ०७:४६

रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर २ महादेवपट्टीमा रहेको बानेश्वर महादेव मन्दिरमा महाशिवरात्रीको अवसरमा दर्शन गर्ने दर्शनार्थीहरुको घुइँचो लागेको छ । उत्तरमा भारतीय सीमा तथा पच्छिममा लाल बकैया नदीको बिचमा रहेका सुप्रसिद्ध बानेश्वर मन्दिरमा पूजा गर्ने भक्तजनको भीड़ देखिएका हुन ।

मन्दिरका महन्थ ओमप्रकाश भारतीले मन्दिरको विकाशको लागि नेपाल सरकर , प्रदेश सरकर तथा स्थानीय सरकरले उत्सुकता नदेखाएको गुनासो गरेका छन ! बसंत पंचमी , महाशिवरात्रिका दिन मेला लाग्ने गरेको बताउँदै महन्थ भारतीले पुरानो मन्दिरको रुपमा रहेको बानेश्वर मन्दिरलाइ थप व्यवस्थित गर्नु आवश्यकता रहेको बताए । हजारोको संख्यामा भक्तजन दर्शन गर्न आउने गरेको भन्दै महन्थ भारतीले मन्दिरको लागि जग्गा व्यवस्थापन गर्नु पर्ने उल्लेख गरे । प्रदेश सरकरका तत्कालीन प्रदेश सांसद बाबूलाल साहले मन्दिर परिसरमा मार्बल टायल्स लगाएको बताए । उहाले धर्मशाला निर्माण , पोखरि सौन्दर्यकरण , गरिएमा मन्दिरको सौंदर्यतामा थप विकाश हुन्थ्यो भने ,मन्दिर निर्माण को लागि तीन वटै सरकरले बजेट विनियोजन गर्नु पर्ने मांग समेत गरे ।

गएको आर्थिक वर्षमा गौर नगरपालिका वड़ा नम्बर १ स्थित सिबलाय मन्दिर र बानेश्वर मन्दिरको मरम्त सम्भारको नाउमा मधेश प्रदेश सरकरको बन उद्योग तथा पर्यटन मंत्रालय बाट २० – २० लाख रकम खर्च गरिएको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ । शिबालय मन्दिरको परिसरमा रहेको पुजारी बस्ने भवन निर्माण गर्नको लागि आएको रकम बजेट शीर्षक परिवर्तन गरी मरमत सम्भारमा उपभोक्ता समिति मार्फत खर्च गरिएको थियो । डिभिजन बन कार्यालयका प्रमुख सुनील कुमार कर्णले गौरको शिबालय मन्दिर तथा बानेश्वर मन्दिरमा प्रदेश सरकरको रकमबाट कार्य भएको अभिलेख रहेको बताएका छन ।

Comment

Related News