अपडेट 
२०७९ फाल्गुन ७, आईतवार ०७:५१

महाशिवरात्रिको अवसरमा शनिबार सप्तरीको राजविराज स्थित हरिनन्देश्वर महादेव मन्दिरसहित जिल्लाका शिवालयहरु बोलबमको नाराले गुञ्जयमान भएको थियो ।

एकाबिहानै २२ किलो मिटर टाढा रहेको सप्तकोशी नदीबाट काँवरमा पवित्र जल बोकेर पैदल यात्रा गरी आएका हजारौं भक्तजनद्वारा लगाइएको बोलबमको नाराले शिवालयहरु गुञ्जयमान बनेको थियो । हरिनन्देश्वर महादेव मन्दिरका मुल पुजारी महेश्वर भारतीले सप्तकोशी नदीबाट जल ल्याएर करिब २ हजार भन्दा बढी भक्तजनले भगवान शिवलाई जल अर्पण गरेको जानकारी दिए । यस्तै,जिल्लाको शम्भुनाथ, अंकुरी महादेव, लालेश्वरनाथ लगायतका शिवालयहरुमा पनि बिहानै देखि दुध, जल, फलफुल चढाउने र पुजाका लागि आउने भक्तजनको घँुइचो लागेको थियो । इच्छित मनोकामना पूरा भएपछि भाकल गरेका कतिपय श्रद्धालु भक्तजन सडकमा घिस्रिदै (दण्ड प्रणाम) त कतिपय नाचगान गर्दै शिवालय पुगेका थिए ।

शिवरात्रिका दिन शिवालयमा दुघ, जल, वेलपत्र लगायतका समाग्री अर्पण गर्नू धार्मिक दृष्टिकोणले निक्कै महत्वपूर्ण मानिएकाले प्रत्येक वर्ष काँवर लिएर आउने भक्तजनको संख्या बढदै गएको हरिनन्देश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धु्रव देवले बताए । भक्तजनका सुविधाका लागि आवश्यक सबै व्यवस्था मिलाइएको उनले जानकारी दिए । त्यसैगरी साँझ देखि मन्दिर परिसरमा प्रवचन, भजनसंध्या लगायतका धार्मिक कार्यक्रमको आयोजना गर्दै रात्रिजाग्रामको कार्यक्रम रहेको उनले बताए । मन्दिर परिसरमा सुरक्षादेखि अन्य आवश्यक बन्दोवस्तको व्यवस्था गरिएका कारण भक्तजनले सहजरुपमा पूजा गर्न पाएको निर्वतमान वडा अध्यक्ष मागी लाल नाईले बताए । सप्तरीको प्रसिद्ध हरिनन्देश्वर महादेव मन्दिरमा दर्शनका लागी आउने दर्शनार्थीहरुका लागि मन्दिर व्यवस्थापन सिमतिका साथै विभिन्न संघ संस्था मिलेर सुविधा प्रदान गर्दै आएको छ ।

मारवाडी महिला मञ्च, राजविराज जेसिज, विश्वहिन्दु युवा संघ, नरंिसह हिन्दु सेना नेपाल, युनाइटेड डेभलपमेन्ट लगायतका संघसंस्थाले पञ्चामृत, दुध, वेलपत्र, जल, औषधी, पूजा समाग्री लगायतका प्रबन्ध मिलाइएकाले यस पल्ट पूजापाठ सहज भएको भक्तजनहरुले बताएका छन् ।

Comment


Related News