अपडेट 
२०७९ फाल्गुन ७, आईतवार ०८:०७

विद्यार्थीहरुलाई लच्छित गरी नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको निःशुल्क दन्त परीक्षण तथा उपचार शिविरमा २ सय ५० जना विद्यार्थीले स्वास्थ्य सेवा लिइ लाभान्तिवत भएका छन् ।

नेपाल डेण्टल एशोसिशयन सप्तरीद्वारा शनिबार विद्यालय परिसरमा आयोजना गरिएको एक दिने दन्त परिक्षण र उपचार शिविरमा २ सय ५० जना छात्रछात्राले उपचार सेवा प्राप्त गरे । । शिविरमा चेकचाँच, उपचार र औषधि संगै दाँत माझ्ने ब्रश र टुथपेस्ट समेत निःशुल्क उपलब्ध गराइएको आयोजक नेपाल डेण्टल एशोसियशनकी महासचिव डा.नेहा दासले जानकारी दिइन । उनले शिविरमा दन्त रोगमा केहि जटिल विरामी देखिएको र त्यस्ता विरामीको क्लिनिक मै लगी निःशुल्क उपचार गरिदिने समेत बताईन् । शिविरमा दन्त रोगबाट हुने हानी र यसबाट बच्ने उपायबारे समेत विद्यार्थीहरुलाई सचेतना तालिम प्रदान गरिएको थियो ।

महासचिव डा.नेहाको अगुवाईमा आयोजना गरिएको शिवीरमा डा.विशाल सिंह, डा.सुनिल कुमार सिह, डा.संजय साह, डा.जयप्रकाश यादव, डा.मो.अख्तर अली लगायतका चिकित्सकहरु सहभागि भएका थिए । विद्यालय मै दाँत निःशुल्क जाँच र औषधि उपचार पाएपछि विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News