अपडेट 
२०७९ फाल्गुन ७, आईतवार ०८:४०

सरकारलाई वाह्य समर्थन गरेका जनता समाजवादी पार्टी(जसपा)ले राजनीतिक अवस्थाको समिक्षा र विधान अधिवेशनको विषयमा छलफल गर्न आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति मध्ये उपराष्ट्रपति अनिवार्य रुपमा पाउनु पर्ने अडानमा रहेको जसपाले राष्ट्रपतिमा अन्य दललाई सघाउने संकेत गरिसकेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावले सत्तासमिकरण परिवर्तन हुने बलियो संभावना रहेको बताइन्छ ।राष्ट्रपतिमा एमालेलाई सत्तासाझेदार माओवादी केन्द्रले समर्थन नगर्ने संकेत दिइसकेको छ । राष्ट्रपतिका लागि एमाले र नेपाली काँग्रेसले प्रयास गरिरहेका छन् । उपराष्ट्रपतिमा आफ्नो स्वभाविक दाबी बनेको बताउँदै जसपा कार्यकारिणी समितिका सदस्य समेत रहेका प्रवक्ता मनिष सुमनले बताए । ‘प्रधानमन्त्री, सभामुख, राष्ट्रपति सबै एउटै समुदायबाट हुने भएका छन्’ उनले भने, शासकीय संरचनालाई समावेशी बनाउनपनि उपराष्ट्रपति जसपाले पाउनु पर्छ । कार्यकारिणी समितिको बैठकमा वर्तमान राजनीतिक परि स्थिति र विधान अधिवेशनबारे विशेष रुपमा छलफल हुने प्रवक्ता सुमनले जनाए । जसपाले विधान महाविधेशन गर्ने निर्णय केन्द्रीय समितिको बैठकबाट गरेका थिए ।विधान अधिवेशनबाट हाल पार्टीमा रहेको अध्यक्षद्वयको प्रावधान लगायतका कयौं धारालाइ संशोधन गर्ने बताइएको छ ।

विधान अधिवेशनबाट परिमार्जित गरी बन्ने विधान अनुसार पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेको सुमनले बताए । एमाले सहितको गठबन्धन सरकारमा जसपा सहभागि नहुने बताउँदै उनले भने, ‘हामी प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागि हुने छैनौ ।’हालको सत्तागठबन्धन अब धेरै दिन नटिक्ने उनको अनुमान छ ।

Comment

Related News