अपडेट 
२०७९ फाल्गुन ७, आईतवार ०८:४४

महाशिवरात्रिको अवसरमा टुँडिखेलमा नेपाली सेनाले विभिन्न कार्यक्रम गरी सेना दिवस मनाए । नेपाली सेनाले प्रत्येक वर्ष महाशिवरात्रिको अवसरमा सेना दिवस मनाउँदै आएको छ । विभिन्न काल खण्डमा ठूल–ठूला आन्दोलन खुकुरी र घरायसी हातहतियारले विजयी भएका हाम्रा सेना अहिले बख्तरमा बन्द छन् भन्दा अप्ठ्यारो नहोला । कारण नेपाली सेनाको काम अहिले आन्दोलन, दंगामा बन्दुक देखाएर नियन्त्रण गर्नकैलागि प्रयोग गरिन्छ ।

गोर्खाली सेना भनिएर विदेशमासमेत ख्याति प्राप्त गरेका सेनाको अनुहार जनताले सेना दिवसकै अवसरमा हेर्न पाउँछन् । नेपालमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन तहको सुरक्षा निकाय छ । जर्मनीका शासक हिटलरले विश्व युद्धका बेला भनेका थिए–‘ हामी संग गोर्खाली सेना भए हामी युद्ध सजिलै जित्न सक्छौँ ।’ भारतमा गोर्खा रेजिमेन्टनै छ जहाँ नेपाली सेनाको भर्ना मात्रै गरिन्छ । भारत र पाकिस्तानबीच भएको विभिन्न आन्दोलनमा गोर्खा रेजिमेन्टले महत्वपूर्ण भूमिका निर्वाह गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाली सदनलाई सम्बोधन गर्ने क्रममा गोर्खाली सेनाको प्रसंशाकै पुल बाँधेका थिए तर, नेपालमा भने सडक बनाउने जिम्मा दिइन्छ त, सरसफाइ गर्ने जिम्मा दिने गरिएको छ । नेपाली सेनाले पटक–पटक विदेशी सेनालाई पराजित गरेर मुलुकलाई अखण्ड बनाएर रख्न सफल गरे । कतेकौँ नेपाली विर सपुतहरुले आफ्नो ज्यानको आहुति दिएर नेपालमाथि कसैको शासन चल्न दिएन् । अख्ण्डता, सौर्भमसत्तालाई बचाएर राखे तर, आजको हालत हुन्छ भनेर नेपाली सेनाले कहिल्यै भने सोचेका थिएनन् होला । नेपाली सेनालाई ब्यारेकमा बन्द गरेर राखिएको छ । नेपालसंग जोडिएका सीमाहरुमा सशस्त्र प्रहरी वेश क्याम्पस स्थापना गरिएको छ तर, प्रत्येक वर्ष कुनै न कुनै भागमा सीमा मिचिएको समाचारहरु आइनै रहेका छन् ।

नेपाली सेनाको फंक्न्सन के त भनेर सोच्दा वास्तवमा बख्तरमै बन्द छन् भन्दा अलिक पनि असजिलो हुँदैन् होला । नेपाली सेनाले नेपाल भोट युद्ध (१८४५), नेपाल भोट युद्ध (१८४८), नेपाल चीन युद्ध (१८४९), नेपाल भोट युद्ध (१९११), नेपाल भोट विवाद (१९३९), कमाउ विजयी (१८४८), गढबाल विजयी (१८५२), देहरादुन विजयी (१८५३), सिरमौर विजयी (१८६३) र इस्टइण्डिया कम्पनी संगको युद्ध (१८७१) धेरैनै महत्वपूर्ण युद्धहरु छन् । जहाँ नेपाली सेनाले आफ्ना कौशलता प्रदर्शन गरेका थिए । नेपाली सेना र इस्टइण्डिया कम्पनीबीचको युद्धमा नेपाली सेनाले आफ् नो हौसला र विश्वासको मजबुत दृढता प्रदर्शन गरेका थिए । अहिले नेपाली सेना राष्ट्रपति समक्ष छन् । नेपाली सेनालाई किन र कसरी निष्क्रिय बनाइयो ? मुलुक भित्रनै विभिन्न समयमा अधिकारकालागि आन्दोलन भए । कहिले राजालाई स्थापना गर्न त कहिले राजालाई फाल्न । त्यतिबेलासम्म नेपाली सेना राजाको मातहतमा हुने गरेका थिए । प्रजातान्त्रिक आन्दोलन पछि राजा ज्ञानेन्द्रले ‘कु’ गरेपछि नेपाली सेनालाई बाहिर त ल्याए तर, जनताकै विरुद्धमा प्रयोग गरेपछि नेपाली सेनामाथि जनताको विश्वास भने एक प्रकारले समाप्तनै पारियो । राजा ज्ञानेन्द्रको राजगद्दी खोसिएपछि नेपाली सेनालाई ब्यारक भित्रनै थुनियो । मधेश आन्दोलनको क्रममा नेपाली सेना सडकमा देखिएका थिए । जनतालाई डराउनकालागि नेपाली सेनाले जनताको मनमा यति डर पैदा गरिसकेका छन् कि जनता पनि नेपाली सेनालाई बाहिर आओस र आफ्नो मुलुकको रक्षा गरोस भनेर चाहदैनन् । नेपाली सेना सेना दिवसको अवसरमा टुँडिखेलमा कला कौशलता प्रदर्शन गर्नु र नेताजीहरुलाई मनोरञ्जन गराउन बाहेक अरु केही पनि छैन् । सेनाले दिवस मनाओस तर, फक्न्सनल भने हुनु पर्छ । नेपाली सेनालाई नेताजीहरुको बडिगार्ड हुनु परेन् । नेपाली सेना भनेको मुलुकको शान हो जसले मुलुकको नाम विदेशमा स्थापना गर्न सफल भएका छन् । गोर्खाली सेनाको नामले अन्य मुलुकका सेना डरले काम्पने गरेका छन् त्यस्ता सेनालाई अपमानित नगरियोस ।

राष्ट्रपतिदेखि मन्त्री सम्मलाई नेपाली सेना सुरक्षाकोलागि प्रदान गर्ने गरिन्छ । त्यसलाई तत्काल बन्द गर्नु पर्छ । बरु उहाँहरुकोलागि स्पेशल हतियारधारी तालिम प्राप्त सुरक्षाकर्मीको व्यवस्था गरियोस र नेपाली सेनालाई मुलुकको इज्जत बुझेर बख्तरमै रह्न दिइयोस । सम्मान गर्न नसक्नेले अपमान पनि नगर्दा हुन्छ । राजालाई फालेर मुलुकमा जनताको छोराले शासन र प्रशासन आफ्नो हातमा लिनकालागि जनताको धेरै छोराहरुले आहुति दिए । फल स्वरुप अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । तर, जनताका छोरा छोरी त राजाका छोरा छोरी भन्दा बढी क्रुर र तानाशाह देखिए । विभिन्न आन्दोलनको क्रममा नेपाली सेनाले आफ्नो इमान्दारी र निष्ठाले काम गरे तर, आज ती सेनालाई कैम्प भित्रनै सीमित बनाइएको छ । के काम छ नेपाली सेनाको ? छैन् खारेज गरिदिँदा हुन्छ त ? तर गर्दिन किन भने नेपाली सेनाको दुर्दशा हाम्रा जनताबाट चुनिएका जनताको नेतालाई फेरि सेना दिवसको अवसरमा मनोरञ्जन कसले गराउँछ ? एक समय थियो जब नेपाली सेनाले कुनै ठाउँमा आक्रमण गर्थे त्यहाँका राजाहरु मुलुक छोडेर भाग्न बाध्य हुन्थे । तर, आज नेपाली सेनाको बन्दुकमा जंग पनि लागि सकेको होला । हातहतियार पनि त्यो पुरानै घिसिपिटिएको छ । घोरामा सवारी भएर टुडिखेलको मनोरञ्जन गर्दै गर्दा सेना आज बुढो भइसकेको महशुस गर्दै होला । शेर जब बुढो हुन्छ त्यतिवेला बसि बसि खान चाहन्छ । आफ्ना पुराना दिनहरु स्मरण गरेर दिन बिताउने गर्छन् । सेना दिवसको अवसरमा सम्पूर्ण नेपाली सेनामा शुभकामना ।

Comment


Related News

Latest News

Trending News