२०७९ फाल्गुन ७, आईतवार ११:२४

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी रिहा भएका छन्।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी जिल्ला कारागार कैलालीबाट आइतबार बिहान जेलमुक्त भएका हुन्।



निलम्बित सांसद चौधरी रिहा भएपछि उनको स्वागतका लागि नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ कार्यकर्तासहित कारागारमा पुगेकी थिइन्।

Comment


Related News