२०७९ फाल्गुन ८, सोमबार ०६:४३

नेपाली कांग्रेस पर्साले आइतबारदेखि आफ्ना नेतातथा कार्यकर्ताहरूका लागि प्रशिक्षण सुरु गरेको छ ।

प्रजातन्त्र दिवसको अवसरमा सुरु वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका कांग्रेस सभापति, सचिव र महानगर कार्यसमितिका पदाधिकारीहरुलाई प्रशिक्षण दिइएको छ । जिल्लाका १४ वटै पालिका र ११२ वडाकै नेता(कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम तय भएको पर्सा कांग्रेसले जनाएको छ। कांग्रेसका वडा सभापतिहरूलाई कांग्रेसका स्थानीय नेताहरू विनोद गुप्ता, अमृत जोशी र कञ्चन झाले प्रशिक्षण दिएका छन् । गुप्ता र जोशीले नेपाली कांग्रेसको झण्डाको इतिहास, रुखÞ चिन्ह, र मान्यतासहित सैद्धान्तिक विषयमा जानकारी गराएका थिए। त्यस्तै झाले नेपाली कांग्रेसको ईतिहास र पार्टीको विरुद्धमा फैलाइएको भ्रम चिर्न आवश्यक तथ्य र तथ्यांकहरू प्रस्तुत गरेका थिए। निजीकरण र उदारिकरणको उपलब्धीबारे झाले प्रष्ट्याएका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा प्रदेश सभा सदस्य एवम् पार्टी सभापति जनार्द्धनसिंह क्षेत्री विशिष्ट अतिथि थिए। जिल्लास्थित प्रशिक्षण विभागका प्रमुख एवम् जिल्ला उपसभापति रामनारायण कुर्मीको सभापतित्वमा प्रशिक्षण भएको थियो ।

Comment


Related News

Latest News

Trending News