अपडेट 
२०७९ फाल्गुन ८, सोमबार ०६:४९

एक सय चार वर्ष लामो जाहानियाँ राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था सुरु भएको दिनको संझनामा मनाईने यो दिवस सर्लाहीमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

प्रजातन्त्र दिवस मूल आयोजक समिति सर्लाहीले आइतबार प्रभात फेरि,बिरामीलाई फलफूल वितरण ,झण्डोत्तोलन तथा रक्त दानलगायतका कार्यक्रमहरुको आयोजना गरी मनाएका छन् । मलंगवा नगरपालिका वडा न–१० स्थित जिल्ला प्रशासन कार्यालयको प्रांगणबाट प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा पाँचवटै सुरक्षा निकायका पदाधिकारी तथा शुरक्षाकर्मी,नागरिक समाजका अगुवा, समाजसेवी,बुद्धिजीवी ,पब्लिक माविका विद्यार्थी ,शिक्षक,पत्रकार लगायतकाहरुको सहभागीतामा प्रभात फेरी निकालि नगरको विभिन्न भागको परिक्रमा गरि पुनः जिप्रका कै प्रांगणमा पुगेर कोणसभामा परिणत भएको छ।सोही अवसरमा प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई फलफूल वितरणको साथै रक्तदान गरिएको छ। सबै नेपालीहरुको लागि खास रहेको यो दिन प्रजातन्त्र दिवस प्राप्तिका लागि लडेका लडाई र वर्तमान समयमम्म आउँदा भएका उपलब्धिहरु स्मरण तथा समिक्षा गरी यो दिवस मनाईंदै आएको हो। दिवसकै अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिन्छ ।

प्रजातन्त्र प्राप्तिको लडाइमा शहीद भएका वीर सहिद धर्मभक्त माथेमा, दशरथ चन्द ,गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको शालिक रहेको सहिदगेटमा पुगी माल्यार्पण गरी टुँडिखेलमा विशेष कार्यक्रम गरिन्छ। उनीहरुलाई वि सं १९९७ सालमा तत्कालिन जहाँनिया राणा शासकले प्रजातान्त्रिक आन्दोलनमा लागेको भनेर मृत्युदण्ड दिएका थिए । प्रजातन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिंदै आएको छ

Comment

Related News