
अनौपचारिक सेवा केन्द्र(इन्सेक)ले सार्वजनिक गरेको सन् २०२२ को अभिलेख अनुसार मधेश प्रदेशमा मानव अधिकार उल्लंघनको घटनामा कमी आएको छ ।
इन्सेकको अभिलेख अनुसार सन् २०२१ मा ७ सय ५८ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएकोमा सन् २०२२ मा ६ सय ६८ वटा मात्र घटना भएको उल्लेख छ । सन् २०२२ राज्य पक्षबाट ४१ जना र अन्य पक्षबाट ६ सय २७ जना मानव अधिकार तथा ज्यादतीका घटनामा पीडित भएका छन् । त्यसै गरी सोही वर्षमा राज्य पक्षबाट मधेश प्रदेशमा २ जना पुरुषको हत्या गरिएको छ भने अन्य पक्षबाट ८८ जनाको हत्या भएको छ । जसमा महिला ४५ र पुरुष ४३ जनाको रहेका छन् । उक्त तथ्यांकलाई हेर्दा मधेश प्रदेशमा मानव अधिकार र ज्यादतीका घटना अन्य प्रदेशमा बढी देखिएको छ । प्रतिवेदन अनुसार सन् २०२२ मा सबभन्दा परिवारजनबाट सप्तरीमा ३, सिरहामा ४, धनुषामा ५, महोत्तरीमा ३, सर्लाहीमा २, रौतहटमा २, बारामा ३ र पर्सामा २ गरि महिलाको हत्या भएको छ । सन् २०२२ मा दाइजो कारण महोत्तरीमा १ र रौतहटमा १ गरी दुई जना महिलाको हत्या भएको छ ।
भने बलात्कारको घटनामा २ सय २९ जना महिला पीडित भएका छन् । सोही वर्षमा कुटपिटको घटनामा राज्य पक्षबाट १ पुरुष, यातनाका घटनामा १ महिला, घाईतेका घटनामा ९ पुरुष, नागरिक तथा राजनीतिक अधिकारमा २५ पुरुष र धम्कीका घटनामा १ पुरुष पीडित भएका छन् । त्यसैगरि, सोही प्रतिवेदन अनुसार कुटपिटका घटनामा अन्य पक्षबाट ९ महिला, ७४ पुरुष र अन्य २ गरी ८५ जना पीडित भएका छन् ।
अन्य पक्षबाट अमानवीय व्यवहारका घटनाबाट १, अपहरण ११ महिला र ४ पुरुष, घाईतेमा ४ महिला र १९ पुरुष, जातिय छुवाछुतको घटनामा १ महिला र एक पुरुष पीडित भएका छन् । त्यसैगरि, सन् २०२२ मा बालअधिकारको घटनामा १९६ बालिका र ४ बालक, बालविवाह घटनामा २, बालिका बेचबिखनमा ४, शारीरिक ढण्ड सजायमा १ बालिका, वनजात शिशुको हत्या १, बलात्कार घटनामा १६२, यौनदुव्र्यहार घटनामा २७ जना बालिका र ४ जना बालक पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।