अपडेट 
२०७९ फाल्गुन ८, सोमबार १५:५८

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ् गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । 

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नवीन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९-२७ सम्म भएको नेपाली टी-२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

Comment


Related News

Latest News

Trending News