
धनुषा प्रहरीले विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय यदुकहा, औरही तथा प्रहरी चौकी धनौजीबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मुद्दामा फरार रहेका १२ जना फरार प्रतिवादीलाई एकैदिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश गौतमले जानकारी दिए । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।