
जिल्ला प्रहरी कार्यालय धनुषाले करिब ५ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान पक्राउ गरेको छ ।
आइतबार जिल्लाको विभिन्न स्थानबाट भारतबाट भन्सार छलेर ल्याएको लाखौँको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको गस्ती टोलीले सो मूल्य बराबरको सामान बरामद गरेको छ । टोलीले विभिन्न स्थानहरूमा भारतबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याएका विभिन्न किसिमका किराना सामग्रीहरू र दुई मोटरसाइकलसमेत गरी ४ लाख ९८ हजार ६ सय ६० बराबरको सामान बरामद गरेको छ ।
अवैध सामानहरु धनुषाको जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।