अपडेट 
२०७९ फाल्गुन ९, मंगलवार ०७:१९

प्रहरीले भन्सार छलेर सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित सडकखण्डबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी स्टेशनरी तथा खुद्रा सामान बोकेको ट्रक र ट्याक्टर वीरगञ्जबाट काठमाण्डुतर्फ जाँदै गरेको अवस्थामा ट्रक र ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । फागुन ५ गते नियन्त्रणमा लिएको सामानसहितको ट्रक र ट्याक्टर सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

बिल विजक भन्दा बढी मालवस्तुहरू लोड रहेको र भएका बिल विजक पनि शंकास्पद देखिएकोले सामानसहितको ट्रक र ट्याक्टर नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । बरामद गरिएको सामानसहितको ट्रक र ट्याक्टरको मूल्य अन्दाजी ९२ लाख ४८ हजार ८ सय २२ कायम गरिएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News